सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको वेबसाइट सुरु

बिहीबार, २० फागुन २०७२, १८ : ५५
बिहीबार, २० फागुन २०७२

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक वेबसाइट सुरु भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार वेबसाइट www.opmcm.gov.np मा लग इन गरी हेर्न सकिनेछ । वेबसाइटमा प्रधानमन्त्री ओलीसँग सम्बन्धित जानकारी लिन सकिने छ । वेबसाइटमा २०४६ सालपछिका सबै प्रधानमन्त्रीको सङ्क्षिप्त जानकारी समेत राखिएको छ । नेपालका अहिलेसम्मका सबै प्रधानमन्त्रीका बारेमा जानकारी गराउने उद्देश्य समेत प्रधानमन्त्री कार्यालयले राखेको छ ।

वेबसाइटबारे सकारात्मक सुझाव प्राप्त गर्ने विश्वास लिइएको प्रेस सल्लाहकार दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप