सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्लस टु पढ्दाको प्रेम अहिले ब्रेकअप भयो  ः अश्लेषा ठकुरी

शुक्रबार, १६ असार २०७४, १३ : ५८
शुक्रबार, १६ असार २०७४

कुवेर गिरी


अश्लेषा ठकुरी ‘प्रेम गीत –२’ की अभिनेत्री हुन् । यसैबाट अभिनयमा डेब्यु गरेकी अश्लेषा चलचित्र प्रदर्शन अगाडि नै चर्चामा रहन सफल छिन् । चलचित्रको प्रदर्शनको केही दिन पहिले सार्वजनिक गरिएको ‘बिस्तारै बिस्तारै..’ गीतमा देखिएको उनको सौन्दर्य र अभिनय अहिले चौतर्फी चर्चाको विषय बनेको छ । रङ्गमञ्चीय अभिनयबाट चलचित्रमा होमिएकी अश्लेषा ‘प्रेमगीत –२’ प्रदर्शनपछि अभिनयमा आफू स्थापित हुने बताउँछिन् । पहिलो चलचित्र अभिनयमै मिडियाबाट सोचेभन्दा धेरै साथ र सपोर्ट पाएको बताउने अश्लेषा नलजाउने, प्रष्ट बोल्ने र ग्ल्यामरमा खुल्न चाहने अभिनेत्री हुन् । यिनै अभिनेत्री अश्लेषासँग रातोपार्टीले राखेका दस प्रश्न ः

डेब्यु चलचित्र प्रदर्शनमा आउँदैछ । प्रतिक्रिया कस्तो आइरहेको छ ?


–चलचित्रको प्रचार सामग्री सार्वजनिक भएलगतै चारैतिरबाट साथ र सपोर्ट पाइरहेकी छु । मेरो कुनै पनि चलचित्र, म्युजिक भिडियो त बाहिर अहिलेसम्म आएको त छैन । तैपनि मिडियाले दिएको साथ र हौसलाले अभिनयप्रति थप ऊर्जा जगाएको छ । मेरो काम नै नहेरी मलाई सबैले दिएको साथले आफू निकै भाग्यमानी भएको महसुस गरेकी छु । 

कलाकारिता नै रोज्नुको खास कारण छ कि ?


थिएटर अभिनय मैले गरिसकेकी छु । यो अभिनय गर्दा मभित्र सोसियल अभिनय छ भन्ने लाग्यो । आफूमा अभिनय ट्यालेन्ट छ भन्ने महसुस भयो । त्यो मैले देखाउनुपर्छ भन्ने फिलिङ आयो । त्यसैले अभिनयमा रोजेँ ।

फेसनमा कतिको इन्टे«स्ट छ ? 


–फेसन भनेको स्टाइल हो । यो व्यक्तिपिच्छे फरक हुन्छ । हेराइमा पनि भरपर्ने कुरो हो । मलाई मनपर्ने पहिरन सारी हो । तर लगाउँदा मलाई आकर्षक देखिने पहिरन भनेको टप र गाउन नै हुन् ।

जीवनको लक्ष्य के छ ? 


–अहिले सामाजिक कार्यको विषय अध्यायन गरिरहेकी छु । पछि गएर समाज सेवामै रमाउने इच्छा छ । अर्काे लक्ष्य अभिनयमा राम्रो छाप छोड्ने छ ।

कलाकारितामा भर्खर प्रवेश गर्नुभएको छ । खुट्टा तान्ने प्रवृत्तिको सामना भयो कि भएन ?


– त्यो हँुदो रहेछ । कुनै क्षेत्रमा प्रवेश गर्दा फियर कम्पिटिसन हुन्छ भनेर मैले सोचेकी थिएँ । तर फोहोरी कम्पिडिसन पनि हुँदो रहेछ । नराम्रो प्रतिस्प्रर्धाले पहिलो चलचित्र ‘प्रेमगीत –२’ छायाङ्कन आधाबाटै लगभग छोड्ने तरखरमा गरेकी थिएँ । निर्माता, मिडियालगायतको सपोर्टले चलचित्र पूरा गरेँ ।

कुन हिरोसँग रोमान्स गर्न मन छ ?


–नाजिर हुसेनसँग डार्क कमेडी अभिनयमा रोमान्स गर्न मन लागेको छ ।

पहिलो प्रेम प्रस्ताव कसको र कहिले आयो ?


– कक्षा पाँचमा पढ्दै गर्दा दसैँको बिदामा दिदीको घर गएकी थिएँ । त्यो गाउँको एउटा केटाले प्रेमपत्र दियो । त्यो त्यतिकै फलिदिएँ । ११ कक्षामा पढ्दा एउटा केटासँग प्रेम बसेको थियो, ब्रेकअप भइसक्यो । अहिले सिङ्गल नै छु । 

विवाह अगाडिको लिभिङ रिलेसनसिप कस्तो लाग्छ ?


–यो युरोप अमेरिकन सोसाइटीमा चलेको छ, माया गर्नु क्राइम होइन । मन मिल्छ, राम्रो तवरले जीवन अगाडि बढ्छ भने यसलाई नराम्रो भन्न मिल्दैन । प्रगति हुनु पर्यो र राम्रो गर्नुपर्यो । त्यो ठीक हो ।

रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?


–यस्तो अफर आयो भने फेसबुकमा मालिक जुकरबर्गसँग जान चाहन्छु । उहाँको केही पहिले एक अन्तर्वाता हेरेकी थिएँ । मलाई निकै राम्रो लाग्यो । उहाँ एकदम ह्यान्डसम हुनुहँुदो रहेछ ।

जीवनमा धेरै रोएको क्षण छ ?
–चलचित्र ‘प्रेमगीत –२’ को क्लाइमेक्समा धेरे रोएकी थिएँ । चलचित्रमा रुने सिन थियो । चलचित्रको सिचुएसनले मलाई साँच्चिकै रुवायो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप