मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

जिरी विमानस्थलन पुनः सञ्चालनमा ल्याइने

शुक्रबार, २१ फागुन २०७२, १५ : ५६
शुक्रबार, २१ फागुन २०७२

जिरी -  दोलखाको पर्यटकीय नगरी जिरीमा रहेको विमानस्थल तीस वर्षपछि पुनःसञ्चालनमा ल्याइने भएको छ ।

विसं २०४२ देखि बन्द रहेको सो विमानस्थल पुनः सञ्चालनमा ल्याउनका लागि नेपाल उड्डयन प्राधिकरणका निर्देशक धु्रवदास योक्षिमयो, वरिष्ठ अधिवक्ता योगेन्द्रराज शर्म र दोलखा क्षेत्र नं १ का सभासद् पार्वत गुरुङले निरीक्षण गर्नुभयो ।

“विमानस्थल पुनः सञ्चालनमा ल्याउन तयारी भइरहेको छ” नेपाल उड्डयन प्राधिकरणका निर्देशक योक्षिमयोले भने । विमानस्थल निर्माणको लागि आर्थिक अभाव रहेको उनको भनाइ छ । विमानस्थल निर्माणको काम पहिलो प्राथमिकतामा राखेर काम गर्ने योक्षिमयोले प्रतिबद्धता व्यक्त गरे ।

नेपाल उड्डयन प्राधिकरणका वरिष्ठ अधिवक्ता शर्माले विमानस्थल पुनः सञ्चालनमा ल्याउन कम्तीमा तीन महिना लाग्ने बताए । सभासद् गुरुङले जिरीको पर्यटकीय पृष्ठभूमिलाई केलाउँदै विमानस्थल पुनः सञ्चालनमा जति सक्दो चाँडो काम गर्न प्राधिकरणका पदाधिकारीलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप