सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

६ वर्षीया बालिकालाई घरबाट अपहरण गरी रातभर बलात्कार

शुक्रबार, २१ फागुन २०७२, १८ : २८
शुक्रबार, २१ फागुन २०७२

भक्तपुर - आफ्नै घरमा सुतीरहेकी ६ वर्षीया इशानी (परिर्वतित नाम) लाई बोकेर उनको घरभन्दा पर लगेर रातभर बलात्कार गर्ने अभियुक्तलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । रामेछाप जिल्ला घर भइ हाल भक्तपुरमा परिवारसँग बस्दै आएकी इशानीलाई यही फागुन ११ गते राती ८ बजेतिरको समयमा ओछ्यानबाट नै बोकेर लगि बलात्कार भएको थियो । बालिकालाई कुकृत्र्य गर्ने मोरङ्ग उर्लाबारी नगरपालीका ३ घर भई हाल भक्तपुर ठिमी बस्ने ३२ वर्षको राजकुमार भन्ने नर बहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । राजकुमारले ११ गते राती ८ बजे देखि ८ गते विहान ४ बजे सम्म कराई भने खाल्डोमा पुरीदिन्छु भनि पटक पटक करणी गरेको पिडित बालिकाले प्रहरी समक्ष बताएकी छिन् । अभियुक्तले फाँटको बिचमा रहेको भुई तले टहरोमा लगेर बालिकालाई रातभर करणी गरी बिहान ४ बजे इशानीको घर नजिकै ल्याएर छोडी फरार रहको थियो । लुकेर बसेको अवस्थामा प्रहरीले फागुन २० गते अभियुक्त राजकुमारलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत थिमीका प्रहरी नायव उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिएका छन् । पिडित इशानीकी आमाले भने अपराधीलाई कडाभन्दा कडा सजाय गर्न प्रहरीसमक्ष माग गरेकी छिन् । उनले पिडित बालिकाकी आमाले खाना खाएर श्रीमान, छोरा र छोरी सुतेको र आफु छिमेकीको घरमा गएको समयमा छोरीको अपहरण गरी बलात्कार गरीएको बताएकी छिन् । हाल बालीकाको अवस्था सामान्य रहेको र उनलाई एक गैर सरकारी संस्थामा आवश्यक उपचार गरी राखिएका प्रहरीले जानकारी दिएको छ । अभियुक्तलाई मुलुकी ऐनको जबरजस्ती करणीको महलको दफा ३.१ बमोजिम दशवर्ष मुनिको बालिकालाई जबरजस्ती करणी ऐन अनुसारको सजाय गर्नको लागि भक्तपुर अदालतबाट म्याद थप भई कानुनी कारवाही गर्न अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप