सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

खेलाडी किन्न बार्सिलोनाले ठूलो धनराशी खर्चदै, पोग्बामाथि आँखा

शुक्रबार, २१ फागुन २०७२, १७ : ५०
शुक्रबार, २१ फागुन २०७२

बार्सिलोना - स्पेनिस महारथी बार्सीलोनाले आगामी ट्रान्सफर विन्डोमा खेलाडी किन्नका लागि पर्याप्त रकम खर्चने भएको छ । बार्सिलोनाले युभेन्टस्का प्लेमेकर पाओल पोग्बालाई क्लबमा भित्र्याउन चाहेको छ । क्लबका आर्थिक उपाध्यक्ष सुसाना मोन्जेले ला–लिगा सकिएसँगै बार्सिलोना क्लबमा खेलाडी भित्र्याउन केन्द्रित रहने बताए । बार्सिलोनाले पोब्गासँगै बोरुसिया डर्टमुन्डमा मिडफिल्डर इल्काय गुन्डोगनलाई क्लबमा भित्र्याउन चाहेको छ । बार्सिलोनासँग स्टार खेलाडीहरुलाई क्लबमै राख्नुपर्ने अर्को बाध्यता समेत छ । पछिल्लो समय नेइमारलाई म्यानचेस्टर युनाइटेड र जरोर्ड पिकेलाई म्यानचेस्टर सिटीले भित्र्याउन चाहेको छ । स्पेनिस ला–लिगामा अहिले बार्सीलोना स्पष्ट अग्रतासहित शीर्ष स्थानमा छ । लिगको दोस्रो स्थानमा एथलेटिको म्याड्रिड र तेस्रो स्थानमा रियाल म्याड्रिड छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप