सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सद्माको रिमेकमा करिना र रणवीर

शुक्रबार, २१ फागुन २०७२, १७ : ५७
शुक्रबार, २१ फागुन २०७२
मुम्बई - श्रीदेवी र कमल हसनको हिट चलचित्र सद्मा रिमेक हुने भएको छ । सन् १९८३ को हिट चलचित्रको रिमेकमा रणवीर सिंह र करिना कपूरले अभिनय गर्ने बताइएको छ । चलचित्रमा रणवीरले सोमू र करिनाले नेहालताको भूमिका निर्वाह गर्नेछन् । श्रीदेवीका श्रीमान् बोनी कपूरले चलचित्रको रिमेक गर्न लागेका हुन् । यस चलचित्रलाई लोयड बापटिस्टाले निर्देशन गर्नेछन् । यसअघि चलचित्रमा नायिकाको भूमिका विद्या बालनले निर्वाह गर्ने बताइएको थियो । तर अहिले विद्याको सट्टा करिनाले चलचित्र खेल्ने पक्का भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप