सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

४२ वर्षकी ‘रंगीला गर्ल’ को ९ वर्ष कान्छो केटासँग बिहे

शुक्रबार, २१ फागुन २०७२, १८ : ०३
शुक्रबार, २१ फागुन २०७२

मुम्बई - कुनै समयकी चर्चित भारतीय नायिका उर्मिला मातोडकरले ९ वर्ष कान्छा मोहसिन अख्तर मीरसँग बिहे गरेकी छिन् । सामान्य ढंगबाट बिहे गरेकी उर्मिलाले बिहेको खबरलाई गोप्य नै राख्न चाहेकी थिइन् । उनको विवाह समारोह पनि गोप्य नै रह्यो । मोहसिन काश्मिरी व्यापारी तथा मोडल हुन् । ४२ वर्षकी उर्मिलाको विवाह समारोह गोप्य रह्यो । विवाह समारोहमा बलिउडसँग जोडिएका एकमात्रै व्यक्ति फेशन डिजाईनर मनीष मल्होत्रा उपस्थित थिए । मनीष उर्मिला र मोहसिन दुबैका साथि हुन् । यस समारोहलाई सञ्चारमाध्यमबाट टाढा राखिएको थियो ।

विहेपछि दुबैको फोटो उर्मिलाकी एक साथिले सामाजिक सञ्जालमा शेयर गरिन् ।

विहेपछि उर्मिलाले भनेकी छिन्–‘हाम्रो परिवार निकै सामान्य ढंगबाट विहे भएको हेर्न चाहन्थ्यो । त्यसैले हामीले परिवारका सदस्य र साथिहरुलाई मात्रै बिहेमा बोलायौ ।’

को हुन् मोहसिन ?

मोहसिन अख्तर मीर काश्मिरका व्यापारी तथा मोडल हुन् । उनी गार्मेन्टको व्यवसाय गर्छन् । उनले जोया अख्तरको फिल्म ‘लक वाई चान्स’ मा अभिनय गरेका छन् । उनको अर्को चलचित्र ‘ अ म्यान्स वल्र्ड’ प्रदर्शनमा आउन बाँकी छ ।

३३ वर्षका मोहसिन २००७ मा मिस्टर इन्डिया प्रतियोगिताका सेकेन्ड रनर अप हुन् ।

उर्मिला बाल्यकालबाटै बलिउडमा उर्मिलाले १९८० मा ‘कलयुग’ नामक चलचित्रमार्फत बलिउडमा पाइला चालेकी थिइन् ।फिल्म ‘मासूम’ पछि उनी चर्चामा आइन् । यस चलचित्रमा उनीसँगै आफताब शिवदासानी पनि थिए । सन् १९९१ मा ‘नरसिंह’ चलचित्रमार्फत उनले मुख्य भूमिकामा अभिनय थालेकी थिइन् ।

रंगीलाले बदल्यो करियर रामगोपाल बर्माको चलचित्र रंगीलाले उर्मिलालाई नयाँ परिचय दिलायो । उनलाई यस चलचित्रपछि ‘रंगीला गर्ल’ भन्न थालियो । यसपछि उनी रामगोपालकी रुचाईएकी अभिनेत्री बनिन् ।

उनले ‘चमत्कार’, ‘रंगीला’, ‘जुदाई’, ‘सत्या’, ‘मस्त’, ‘खूबसूरत’, ‘प्यार तूने क्या किया’ र ‘भूत’ जस्ता चलचित्रमा अभिनय गरिन् । २०१४ मा मराठी फिल्म ‘आजोबा’ मा उर्मिला देखिएकी थिइन् । यसपछि उनले कुनै चलचित्र खेलिनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप