सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जनकपुरको बजेट रु २९ करोडभन्दा बढी

शुक्रबार, २१ फागुन २०७२, १८ : ४१
शुक्रबार, २१ फागुन २०७२

जनकपुर - जनकपुर उपमहानगरपालिकाको दोस्रो नगरपरिषद्मा कार्यकारी अधिकृत पुण्यप्रसाद लुइँटेलले आगामी आव २०७३/०७४ का लागि रु २९ करोड ५९ लाख ६६ हजारको बजेट प्रस्तुत गरे ।

प्रस्तुत बजेट त्यति महत्वाकाङ्क्षी नभए तापनि यसले धार्मिक नगरी जनकपुरको जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, मणिमण्डप, गङ्गा सागर र धनुष सागरको संरक्षण गर्नेमा जोड दिएको छ ।

बजेटमा चालुगत खर्चतर्फ रु १८ करोड ३५ लाख ७४ हजार तथा पुँजीगत खर्चतर्फ रु ११ करोड २३ लाख ९२ हजार छ । सो परिषद्को उद्घाटन गर्दै समाजसेवी रामचन्द्र साहले विकास निर्माणका क्रममा राजनीतिक दलले रकम खर्च गर्दा इमान्दारीपूर्वक गर्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप