सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा कोजी

शनिबार, २२ फागुन २०७२, २२ : ५८
शनिबार, २२ फागुन २०७२

काठमाडौँ - अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा ग्यातुकी कोजीलाई नियुक्त गरेको छ ।

जापानी राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य कोजीलाई एक वर्षका लागि आज नियुक्त गरिएको जानकारी एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले दिए । उनका अनुसार गत शुक्रबार नेपाल आएका कोजीले आइतबारदेखि प्रशिक्षकको जिम्मेवारी लिनेछन् ।

सन् २००८ मा भुटानको टिम ‘साफ च्याम्पियनसिप’को सेमिफाइनल पुग्दा कोजी त्यसको प्रशिक्षक थिए ।

नेपाली राष्ट्रिय टोली दुई महिनादेखि प्रमुख प्रशिक्षकविहीन थियो । गत भदौमा छ महिनाका लागि नियुक्त भएका बेल्जियमका प्रशिक्षक प्याट्रिक ओजम्स सम्झौता सकिनु दुई महिनाअघि नै स्वदेश फर्किएपछि नेपाली टोली प्रशिक्षकविहीन भएको हो ।

यसैबीच, नेपाली टोलीले स्वदेशी प्रशिक्षककै सहयोगमा दुई उपाधि जितेको थियो । नेपाली टोलीले आगामी चैत १६ मा मलेसियासँग उसकै मैदानमा मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप