सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रियलको जीतमा रोनाल्डोको चार गोल

आइतबार, २३ फागुन २०७२, ०१ : ०३
आइतबार, २३ फागुन २०७२

म्याड्रिड - क्रिस्टियानो रोनाल्डोको चार गोलको मद्दतले रियल म्याड्रिडले सेल्टा भिगोलाई ७—१ गोलको विशाल अन्तरले पराजित गरेको छ । जीतसँगै रियलले दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडसँगको दुरी एक अंकमा घटाएको छ । रोनाल्डोले सिजनको ५ औं ह्याट्रिक पूरा गर्दै आफ्नो ह्याट्रिकको संख्या किर्तिमानी ३९ पुर्याए । खेलमा अग्रता भने पेपेले दिलाएका थिए । दोस्रो हाफमा भने रोनाल्डोले १५ मिनेटको अन्तरालमा तीन गोल गरेका थिए । त्यसपछि अर्को गोल थप्दै रियललाई अग्रता दिलाए । रियलका लागि अन्य गोल हेसे र गेराथ बेलले गरे । सेल्टाका लागि एकमात्र गोल इयागो आसपासले गरे । पछिल्लो हप्ता एथ्लेटिकोसँग आफ्नै गृहमैदानमा पराजित बनेको रियल दबाब थियो । तर, रियलले सहज जित निकाल्न सफल रह्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप