यामाहा एफजी २५ ‘राइड आउट’
काठमाडौं–नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो उत्पादन यामाहा एफजी २५ का राइडरहरुका लागि पहिलोपटक ‘एड्भेन्चरस’ तथा रोमाञ्चक ‘राइड आउट’ आयोजना गरेको छ ।
‘सँगै हाँकौं, सम्बन्ध झन् बलियो बनाऔं,’ नारा रहेको यो राइड काठमाडौंस्थित जेनेसिस क्याफेबाट सुरु भएर काभ्रेको धुलिखेलसम्म पुगेको थियो । पाँच समूहमा विभाजन गरिएका २५ जना एफजी २५ राइडरलाई ‘टग अफ वार’, ‘पिकिङ द फ्ल्याग’, ‘आर्म रेस्लिङ’ लगायतका सामुहिक टास्क दिइएको थियो । साथै, उनीहरुलाई ‘पम्प’का प्रोफेसनल ट्रेनरहरुले आत्मरक्षाका उपायहरुको तालिम समेत दिएका थिए । यामाहाको ‘राइड आउट’मा राइडर समिर राना ‘अल्टिमेट स्ट्रिट फाइटर’ घोषित भए ।
कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाललले यामाहा ब्रान्डप्रतिको विश्वासका लागि आफुहरु आभारी भएको बताए । उनले ग्राहकको सुरक्षा र सुविधालाई कदापी सम्झौता नगर्ने पनि बताए ।
त्यसैगरी, नेपाली राष्ट्रिय क्रिकेटर तथा यामाहाका ब्रान्ड एम्बेसडर शरद भेषावकरले आफू पनि एफजी२५ को ‘प्राउड राइडर’ भएको बताए । ‘म यो बाइकको पर्फोमेन्सदेखि निकै सन्तुष्ट छु । म हरेक बाइकप्रेमीलाई एक पटक एफजी२५ ट्राई गर्न आग्रह गर्छु,’ उनले भने ।
कार्यक्रमको अन्तमा सबै राइडरहरुलाई ‘यामाहा एम्बेसेडर’ घोषणा गरिएको थियो । अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि रहेको एफजी२५मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ ।
मोटरसाइकलमाथि नियन्त्रण सहज यसको वजन कम (१४८ केजी) गरिएको छ । यी विशेषताहरुले एफजी २५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ बनाएको छ ।