सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस सभापतिको छिनोफानो भएन, सिटौला दौडबाट बाहिरिए

सोमबार, २४ फागुन २०७२, ०२ : ३०
सोमबार, २४ फागुन २०७२
काठमाडौँ- कांग्रेस  महाधिवेशनमा सभापतिको लागि कुनै पक्षको स्पष्ट बहुमत आउन नसकेपछि दोश्रो चरणको निर्वाचन हुने भएको छ । भर्खरै सकिएको मतगणना  अनुसार शेरबहादुर देउवाले १५६४ , रामचन्द्र पौडेलले ११५२ र कृष्ण सिटौलाले ३२४ मत ल्याएका छन् । काँग्रेको विधान अनुसार पहिलो चरणको निर्वाचनमा कुल खसेको मतको ५१ प्रतिशत आउन नसकेपछि बढी मत ल्याउनेहरु विच दोश्रो चरणको निर्वाचन हुन्छ ।---------------------------------------
शेरबहादुर देउवा १४८५ रामचन्द्र पौडेल११०९ कृष्ण सिटौला ३१६
नेपाली काँग्रेको सभापतिमा मतगणना जारी रहँदा शेरबहादुर देउवा ३३७ मतले अगाडी रहेका छन् । देउवाको १३४७ मत, रामचन्द्र पौडेलको १०१० र कृष्ण सिटौलाको २७८ मत आएको छ । मतगणना शुरु देखिनै अग्रता कायम गरेका देउवाको यो ४२ प्रतिशत अग्रता हो । कुल ३१ सय ४८ मत खसेकोमा अव ४४८ मत गन्न बाँकी छ ।
----------------------------------------
शेरबहादुर देउवा १३४७ रामचन्द्र पौडेल १०१० कृष्ण सिटौला २७८
------------------------------------
देउवा-१३४३ पौडेल-१०११ सिटौला-२५९
शेरबहादुर देउवा १२०५ रामचन्द्र पौडेल ९१३ कृष्ण सिटौला २४४
नेपाली काँग्रेको सभापतिमा मतगणना जारी रहँदा शेरबहादुर देउवा २९२ मतले अगाडी रहेका छन् । २४ सय मत गणना हुँदा देउवाको १२०५ मत, रामचन्द्र पौडेलको ९१३ र कृष्ण सिटौलाको २४४ मत आएको छ । मतगणना शुरु देखिनै अग्रता कायम गरेका देउवाको यो ५० प्रतिशत अग्रता हो । कुल ३१ सय ४८ मत खसेकोमा अव ७४८ मत गन्न बाँकी छ ।
  २२सय   मत गणना हुँदा देउवाको ११६४ मत, रामचन्द्र पौडेलको ८५० र कृष्ण सिटौलाको २ सय ३२मत आएको छ । मतगणना स्थलबाहिर शेरबहादुर देउवाका समर्थकहरुले नाराबाजी सुरु गरेका छन् ।  जसअनुसार १३ औं महाधिवेशनबाट सभापति चुनिनका लागि उम्मेद्वारले १५ सय ७५ मत ल्याउनु पर्छ । ---------------------------------------------------- पाैडेल ७८१,  देउवा-१०६९ सिटाैला- २०४   १८०० गणना ९३० देउवा ६६१ पाैडेल १७२ सिटौला ------------------------------------------------ १७ सय ५० गणना ८८३ देउवा ६६३ पाैडेल १६० िसटाैला   १६०० मत गणना हुँदा देउवा ८३८, पौडेल ५८५, सिटौला १५४ । शेरबहादुर देउवा ७८१ रामचन्द्र पौडेल ५४० कृष्ण सिटौला १४७ ----------------------- मतगणना शुरु हुँदा अग्रता कायम गरेका देउवाले अग्रता कायमै गरेका छन् । शेर बहादुर देउवाले ६ सय १९, रामचन्द्र पौडेलले ४ सय ५० र कृष्ण सिटौलाले १ सय २० मत प्राप्त गरको छन् । शेरबहादुर देउवा ६ सय १९ रामचन्द्र पौडेल ४ सय ५० कृष्ण सिटौला १ सय २०   ----------------- नेपाली काँग्रेसको सभापतिका लागि ९ सय मतगणना हुँदासम्म शेर बहादुर देउवाले १ सय ११ मतले अग्रता लिएका छन् । देउवाको चारसय ४८, रामचन्द्र पौडेलको ३ सय ३७ र कृष्ण सिटौलाको ४२ मत आएको निर्वाचन समितिले जनाएको छ । --------------------------------------- ९ सय भोट गन्दा देउवाको ४४८ मत । पौडेलको ३३७ मत र ९२ मत सिटौलाको ---------------------------------------- ६०० भोट गनिँदा देउवाको अग्रता कायमै छ ।  देउवाले २९६ भोट प्राप्त गरेका छन् भने पौडेलले २३० भोट ल्याएका छन् । यस्तै सिटौलाको नाममा ५९ भोट छ । ५ भोट बदर भएको छ । यसअघि ६ भोट बदर भएकोमा ५ भोटमात्रै बदर भएको निर्वाचन समितले जनाएको छ । ...................................................... काँग्रेस महाधिवेशनमा शुरुको तीनसय मत गन्दा शेर बहादुर देउवाले लिड गरेका छन् । मत परिणाम अनुसार रामचन्द्र पौडेलको १ सय १७, शेर बहादुर देउवाको १ सय ४७ र कृष्ण प्रसाद सिटौलाले ३० मत प्राप्त गरेका छन् । बाँकी ६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।   काठमाडौं– काँग्रेस सभापतिको मतगणना शुरु भएको छ । ३० मनोनित प्रतिनिधिको मताधिकार विबाद टुंग्याएपछि निर्वाचन समितिले मतगणना सुरु गरेको हो । राष्ट्रिय सभागृहको बाल्कोनीमा तीन समूह बनाएर मतगणना शुरु गरिएको हो । मत गन्नका लागि ३० जना कर्मचारीहरु खटिएका छन् । निर्वाचन समितिका सचिव प्रदिप पराजुलीका अनुसार एकजना उम्मेदवारका लागि पाँच जनाका दरले पन्ध्र जना एजेण्ट राखिएको छ । यसअघि मतदान सकिएको केहीबेरमै मतगणना शुरु हुने भनिएपनि मनोनित ३० जना प्रतिनिधीको विबादका कारण ढिला हुन गएको हो । केन्द्रिय समितिले बाधा अड्काउ फुकाउन केन्द्रिय समितिमा लेखि पठाउने र यसपटक मनोनितले मतदान गर्न नपाउने निर्णय गर्दै निर्वाचन समितिले मतगणना प्रकृया शुरु गरेको हो । महामन्त्री, कोषाध्यक्ष र केन्द्रिय सदस्यको मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको छ । सभापतिको मतगणना सकिएपछि अरुको मतगणना हुने निर्वाचन समितिले जनाएको छ । काँग्रेसको बिधान अनुसार सभापतिको उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेमा पुनः मतदान गर्नुपर्ने व्यवस्था छ । सभापतिका उम्मेदवार रामचन्द्र पौडेल, शेर बहादुर देउवा र कृष्ण सिटौला तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत नआएमा दोश्रो पटक मतदान गर्नुपर्ने प्रावधान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप