मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नाटोजको केन्द्रीय कार्यसमितिको विशेष भेला सम्पन्न, दश विभाग गठन

शुक्रबार, २८ फागुन २०७२, १९ : २७
शुक्रबार, २८ फागुन २०७२

काठमाडौं–राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को केन्द्रीय कार्यसमितिको विशेष भेला सम्पन्न भएको छ । केन्द्रीय कार्यालय कमलादीमा बसेको बैठकले १० वटा विभागहरुको गठन गरेको छ ।

बैठकले अध्यक्ष शिव अधिकारीको संयोजकत्वमा संस्थागत समन्वय विभाग, उपाध्यक्ष मधुजंग पाण्डेको संयोजकत्वमा विदेश विभाग, उपाध्यक्ष विकास लोहोनीको संयोजकत्वमा पुरस्कार विभाग, उपाध्यक्ष भुषण पोखरेलको संयोजकत्वमा नाटोज कल्याणकारी कोष विभाग, उपाध्यक्ष प्रतिक लामिछानेको संयोजकत्वमा गन्तव्य प्रबद्र्धन विभाग गठन गरेको छ ।

यसैगरी महासचिव प्रकाश खालिङको संयोजकत्वमा तालिम, प्रशिक्षण तथा संगठन विभाग, उपमहासचिव सिबी अधिकारीको संयोजकत्वमा प्रचार–प्रसार विभाग, सचिव भुमराज तिवारीको संयोजकत्वमा शाखा समन्वय विभाग, कोषाध्यक्ष नविन काफ्लेको संयोजकत्वमा आर्थिक विभाग तथा सह–कोषाध्यक्ष कल्पना मर्हजनको संयोजकत्वमा पर्वतारोहण विभाग गठन गरेको छ । हरेक विभागमा तीन सदस्य रहने व्यवस्था गरिएको छ ।

त्यसैगरी आजको बैठकले सल्लाहकार सदस्यमा शरदराज सुवेदी, प्रेम बानियाँ र विष्णु निष्ठुरीलाई नियुक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप