मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एकता मंच, मध्य भारत क्षेत्रीय सम्मेलन मुम्बईमा हुने

शनिबार, २९ फागुन २०७२, १० : १५
शनिबार, २९ फागुन २०७२

दिल्ली– अखिल भारत नेपाली एकता मंच, मध्य भारत क्षेत्रीय सम्मेलन मुम्बईमा हुने भएको छ । सम्मेलन मार्च १२ र १३ मा हुनेछ । ३७ बर्षदेखि प्रवासी नेपालीको हकहितमा तथा नेपाली जनताको बर्गीय, जातीय, क्षेत्रीय, लैंिगक उत्पीडिनको पक्षमा संघर्ष गर्दै आएको मंचको सम्मेलनको उदघाटन एकीकृत माअ‍ोवादीका नेता विश्वभक्त दुलालले गर्नेछन् । प्रवासी नेपाली जनताको मौलिक अधिकार, स्वास्थ शिक्षा र स्वदेशमै रोजगार, २१ औँ शताब्दीको आव्हान, नयाँ संस्कृतिको निर्माण, विकृति विसंगी विरुद्ध सांस्कृतिक तथा खेलकुद अभियान लगायतका नारासहित सम्मेलन उदघाटन हुनेछ । कार्यक्रममा जनाआक्रोश सांस्कृतिक परिवारले विशेष सांस्कृतिक कार्यक्रम समेत हुने बताइएको छ । कार्यक्रममा मंचका केन्द्रीय अध्यक्ष इश्वरी भण्डारी पन सहभागी हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप