सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक बनाउन सुझाव

आइतबार, ३० फागुन २०७२, १३ : ४६
आइतबार, ३० फागुन २०७२

काठमाडौँ-नेकपा (एमाले)को स्थायी समिति बैठकले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणलाई उपलब्धिमूलक बनाउन सुझाव दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकले आउँदो चैत ७ गतेदेखि हुने प्रधानमन्त्रीको भ्रमणलाई दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन सुझाव दिएको एमाले प्रवक्ता योगेश भट्टराईले जानकारी दिए ।

बैठकले दुई देशको व्यापार सम्झौतालाई दीर्घकालिन हितमा परिणत गर्नेगरी फलदायी बनाउन उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ, ग्यास र नुनको व्यापारसम्बन्धी सहमति गर्न पनि सुझाव दिएको हो । पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोटको खैरेनीटार र काभ्रेको पाँच खालमा भण्डारण केन्द्र निर्माणबारे कुराकानी अघि बढाउनसमेत एमाले स्थायी समितिले सुझाएको छ ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपालमा चिनीयाँ लगानीमा भइरहेका परियोजनाको कामको प्रगतिबारे ध्यानाकर्षण गराउन र भूकम्पपछिको पुनःनिर्माणका लागि ठोस प्रस्ताव लैजान बैठकले आग्रह गरेको प्रवक्ता भट्टराईले बताए । न्यायाधीश नियुक्ति सम्बन्धमा एमाले स्थायी समिति बैठकले न्यायपरिषद्ले संविधान अनुरुप सिफारिस गरेकाले नियुक्तिको विषयलाई बिवादरहित सहज बनाउन आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप