सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भिमफेदी गाइजसँग नम्रता नाच्दा (भिडियोसहित)

आइतबार, ३० फागुन २०७२, १४ : १३
आइतबार, ३० फागुन २०७२

काठमाडौं-अमेरिकाका व्यवसायी भानु फुयाँलले आफ्नो शब्द रहेको नयाँ गीत नाचौँ नाचौँको भिडियो सार्वजनीक गरेका छन् । उक्त म्यूजिक भिडियोमा भिमफेदी गाइज र नम्रता सापकोटाको आर्कषक नृत्य रहेको छ ।

साथै हाँस्य कलाकार सुरेश थापा –दर्शने) निरु खड्का (निर्मली)को रमाइलो भूमिका देख्न सकिन्छ । गीतको म्यूजिक भिडियोलाई दिपक आचार्यले निर्देशन गरेका हुन् । सुदिप बरालको छाँयाकन रहेको यस गीतमा बाबा खालिङ, बलराम गुरुङ र एन के ब्रर्दशको स्वर छ ।

गीतको संगीत संयोजन बुद्ध सायमीले गरेका छन् । नेपाली संगीतप्रतिको मोहका कारण गीत लेख्नुका साथै भिडियो पनि निर्माण गरेको गीतकार तथा प्रस्तुतकर्ता भानु फुयाँलले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप