मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘ठमेल सुरक्षित छ आउनुहोस् घुम्नलाई’

सोमबार, ०१ चैत २०७२, १३ : ५२
सोमबार, ०१ चैत २०७२

काठमाडौं–ठमेल पर्यटन विकास परिषदले राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)को नवनिर्वाचित कार्यसमितिलाई शुभकामना तथा समसामयिक छलफल बिषयक कार्यक्रम सम्पन्न गरेको छ । ठमेलको कुर्वा थाइ रेष्टुरेण्टमा सम्पन्न उक्त कार्यक्रममा नाटोजको हालै नवनिर्वाचित कार्यसमितिलाई शुभकामना प्रदान गर्नुका साथै ठमेलका पर्यटकीय समस्याका बिषयमा छलफल भएको थियो ।

कार्यक्रममा ठमेल पर्यटन बिकाश परिषद्का अध्यक्ष रामशरण थपलियाले ठमेल विकाशका लागि विभिन्न सुधारका अवधारणा पेश गरेको उक्त कार्यक्रममा ठमेल बिकाश परिषदको भवन शिघ्र निर्माण गर्न लागेको जानकारी दिएका थिए । यसका साथै ठमेल क्षेत्रमा सोलार बत्ति जडान कार्यमा तिब्रता दिइएको भन्दै उनले सुरक्षामा ध्यान दिदै सिसीटिभीको ब्यवस्थालाई अझ मजबुत बनाउने कुरामा जोड दिए । यसका लागि नेपाल पर्यटन बोर्ड लगायतका संस्थासँग सहकार्य भइरहेको भन्दै अध्यक्ष थपलियाले पर्यटन बोर्डले सिसिटिभीको लागि ४० लाख र भवन निर्माणका लागि ५५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको सो अवशरमा जानकारी दिएका थिए । नेपाल आउने पर्यटक मध्ये ८० प्रतिशत ठमेल आउने भन्दै अध्यक्ष थपलियाले पर्यटन क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा ३ लाख भन्दा बढि ब्यक्तिहरुले रोजगारी पाएको बताए । यसका साथै ठमेल प्रवेशका लागि स्वागत गेट निर्माण गर्ने र यस क्षेत्रमा रहेका सडक बालबालिकाको समस्या समधानमा सबै पक्षको सहयोग आवश्यक रहेकोमा जोड दिए । यस्तै पत्रकार महासंघका पुर्वसभापति बिष्णु निष्ठुरीले पर्यटन क्षेत्रको बिकाशका लागि सकारात्मक पत्रकारितामा जोड दिदै प्रत्येक बर्ष एसिया जर्न्लिष्ट एसोसिएसनका माध्यमबाट लुम्बिीनीमा पर्यटन क्षेत्र बिकाशका लागि पत्रकार सम्मेलन गर्ने बताए । यस्तै गन्तब्य नेपालका अध्यक्ष शिब अधिकारीले समग्र पर्यटन क्षेत्र र ठमेलको पर्यटन बिकाशका लागि सदैव सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । कार्यक्रममा नाटोजका नवनिर्वा्चित कार्यसमितिलाई दोसल्ला ओढाएर सम्मान गरीएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप