सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पाँच दिनदेखि सडक बन्द, सर्वसाधारण मर्कामा

शुक्रबार, ०५ चैत २०७२, १० : २९
शुक्रबार, ०५ चैत २०७२

ताप्लेजुङ-उत्तर दक्षिण ओलाङ्चुङगोला लोकमार्गअन्तर्गत सुकेटार–थिवा सडक खण्ड विगत पाँच दिनदेखि बन्द भएपछि सर्वसाधारण मर्कामा परेका छन् ।

सो खण्डमा पर्ने याफ्रे खोलामा बेलिब्रिज निर्माण सुरु भएपछि अहिले यातायात नै बन्द गरिएकाले सर्वसाधारण पैदल हिँड्न बाध्य छन् भने खाद्यान्न लगायतका सामाग्री ढुवानीमा समेत समस्या भएको छ ।

ताप्लेजुङ सदरमुकामदेखि थिवासम्म पुग्न सवारीसाधनमा करिब चार घन्टा समय लाग्ने गरेको छ । यो मार्गमा हिँड्दा करिब एक दिन नै लाग्ने गर्छ । थिवा क्षेत्रबाट दैनिक दर्जनौँ सर्वसाधारण सदरमुकाम ओहोरदोहोर गर्ने गर्दछन् भने दुईवटासम्म ढुवानीका सवारीसाधन नियमित चल्ने गरेका छन् ।

यस्तै, यस खण्डमा दुईवटा यात्रुवाहक ट्याक्सी चल्ने गरेका छन् । जिल्लाको उत्तरी क्षेत्रका लिङ्खिम, तापेथोक, लेलेप, ओलाङ्चुङगोला, फुरुम्बो लगायतका स्थानीयवासी यही मार्ग हुँदै सदरमुकाम ओहोरदोहोर गर्ने गरेका छन् । ढुवानीका सवारीसाधन नचल्दा अहिले खच्चर र भरियाको भरमा सामान ओसार–पसार गर्ने गरिएको र यसरी ढुवानी गर्दा महङ्गो मूल्य तिर्नुपर्ने बाध्यता भएको स्थानीयवासीले बताएका छन् ।

लामो समयसम्म यातायात बन्द हुने भएकाले आफूहरु मारमा परेको स्थानीयवासीले बताएका छन् । यता बेलब्रिज निर्माण कार्य कहिले सम्पन्न हुन्छ भन्ने कुनै टुङ्गो छैन । ओलाङ्चुङगोला लोकमार्ग आयोजनाले चैत १ गते देखि बेलब्रिज निर्माण कार्य सुरु गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप