सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गौरीगन्जमा इप्रका वैशाखदेखि सञ्चालनमा आउने

शुक्रबार, ०५ चैत २०७२, १० : ५४
शुक्रबार, ०५ चैत २०७२

दमक-झापाको गौरीगन्जमा इलाका प्रशासन कार्यालयले आगामी वैशाखदेखि कार्य थाल्ने भएको छ ।

दक्षिणवर्ती क्षेत्रका बासिन्दालाई नागरिकता तथा राहदानीको सेवा दिने उद्देश्यले कार्यालयले आउँदो वैशाखदेखि काम सुरु गर्नेछ । आज कार्यालय रहने स्थानको झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलसहितको टोलीले स्थलगत अनुगमन गरी कार्यालय स्थानसमेत छनोट गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सो कार्यालयमा प्रशासकीय अधिकृत यज्ञप्रसाद आचार्यको टोली रहने बताइएको छ । अधिकृत आचार्यका अनुसार कार्यालयका सेवा सञ्चालन गर्ने आवश्यक तयारी भइरहेको छ । उक्त कार्यालयबाट गौरादह नगरपालिकासहित त्यस क्षेत्रका गौरीगन्ज, खजुरगाछी, कोरोबारी, महाभारा र वैगुनधुरा गाविसका सेवाग्राहीले सुविधा पाउने छन् । जिल्लामा यस्ता सरकारी सेवा झापाको चन्द्रगढी र दमकको इलाका प्रशासन कार्यालयबाट प्रवाहित हुँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप