सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रुटको विस्फोटक ब्याटिङसामु दक्षिण अफ्रिकाको २ सय २९ रन पनि अपुग

शुक्रबार, ०५ चैत २०७२, २३ : २६
शुक्रबार, ०५ चैत २०७२

काठमाडौं — ५० ओभरको खेलमा २ सय रन आसपासको स्कोरलाई मध्यम स्कोर मानिन्छ । टी—२० मा त झन् २ सय रनभन्दा माथिको स्कोर बिरलै बन्ने गरेको छ । २ सय रनभन्दा माथि बनाउने टोलीले खेल जित्ने प्रायः निश्चित हुन्छ । तर, क्रिकेटमा अभागी टोली मानिएको दक्षिण अफ्रिकाका लागि जारी विश्वकपमा लागि भने २ सय २९ रन पनि अपुग भएको छ । विशाल स्कोर बनाएर पनि इंल्याण्डसँग २ विकेटको नमिठो पराजय बेहोरेको छ ।

[caption id="attachment_38183" align="alignleft" width="838"] यदपि, विशाल स्कोर बनाएर दक्षिण अफ्रिका पराजित बनेको पहिलो पटक भने होइन । सन् २०१५ को जनवरीमा पनि दक्षिण अफ्रिकाले बनाएको २ सय ३६ रनको स्कोर वेस्ट इन्डिजले सफलतापूर्वक पछ्याएको थियो ।[/caption]

यसपटक इंग्ल्याण्डलाई जीत दिलाउने क्रममा जो रुट नायक बने । उनले मात्र ४४ बलमा ८३ रन बनाउँदै जीतको आधार तय गरे । यस क्रममा उनले ६ चौका र ४ छक्का प्रहार गरे । यसअघि जेसन रोयले १६ बलमा ४३ रन बनाउँदै इंग्ल्याण्डलाई उत्कृष्ट शुरुवात दिलाएका थिए । त्यस्तै जोस बटलरले २१ रन बनाउँदै राम्रो साथ दिए । खेलको अन्तिम ओभरमा कायल एबोटले दुई बलमा दुई विकेट लिँदै इंग्ल्याण्डलाई अत्तलाए पनि हार टार्न सकेनन् । १९.४ ओभरमा इंग्ल्याण्डले विशाल स्कोर सफलतापूर्वक पछ्यायो । उनले खेलमा तीन विकेट लिए भने कागिसो रबाडाले २ विकेट लिए । उता, टस हारेर ब्याटिङ गर्न इंल्याण्डले पठाएपछि दक्षिण अफ्रिकाले पनि विस्फोटक शुरुवात गर्यो । मुम्बाईको वांखडे स्टेडियममा ओपनरद्वय हसिम अमला र क्विन्टन डि ककले अर्ध शतकीय पारी खेल्दै पहिलो विकेटको लागि ९६ रनको साझेदारी गरे । अमलाले ३१ बलमा ५८ तथा ककले मात्र २४ बलमा ५२ रन बनाए । त्यस्तै जेपी डुमिनीले पनि ५४ रन तथा डेभिड मिलरले २८ रन बनाए । इंग्ल्याण्डका लागि मोइन अलीले २ विकेट लिए । पहिलो खेलमा इंग्ल्याण्ड वेस्ट इन्डिजसँग पराजित बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप