सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रिमियर लिगमा लेस्टरको स्वप्नयात्रा कायमै : ७ खेल बाँकी छँदा ८ अंकको अग्रता

शनिबार, ०६ चैत २०७२, २३ : ३३
शनिबार, ०६ चैत २०७२

काठमाडौं — यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै प्रिमियर लिगको उपाधि जित्ने आशामा रहेको लेस्टर सिटीले क्रिस्टल प्यालेसलाई पराजित गर्दै शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । मात्र ७ खेल बाँकी छँदा ३१ खेलबाट लेस्टरले ६६ अंक बटुलेको छ भने एक खेल कम खेलेको टोटनहमको ५८ अंक रहेको छ । शनिबार भएको खेलमा रियाद महारेजको एक मात्र गोल निर्णायक बन्यो । खेलको शुरुवातमा नै सुन्दर अवसर खेर फालेका महारेजले ३४ औं मिनेटमा गोल गरे । प्यालेस एफए कपको सेमिफाइनलमा पुगे पनि प्रिमियर लिगमा गत डिसेम्बर १८ देखि जितविहिन रहेको छ । यता लेस्टरको भने यो लगातार तेस्रो जीत हो । क्लबले यस सिजन १ गोलको अन्तरले १३ खेल जितेको छ । त्यस्तै लेस्टरले यस सिजन १० वटा घरेलु मैदान बाहिर जित हासिल गरेको छ जुन अन्य क्लबमा भन्दा धेरै हो । शनिबार राती नै भएको अन्य खेलमा चेल्सी भने वेस्ट ह्यामसँग २—२ को बराबरीमा रोकिएको छ । हारतर्फ उन्मुख चेल्सीलाई सिसेक फाब्रिगासले खेलको अन्तिम समयतिर गोल गर्दै जोगाए । खेलमा म्यानुल लाजिनीको गोलको मद्दतले ह्यामर्सले अग्रता लिएको थियो । तर, पहिलो हाफको इन्जुरी समयमा फाब्रिगासले नै गोल गर्दै चेल्सीलाई खेलमा फर्काएका थिए । खेलको दोस्रो हाफमा एन्डी क्यारोलले गोल गर्दै वेस्ट ह्यामलाई पुनः अग्रता दिलाए । तर, फाब्रिगासले खेलका् ८९ औं मिनेटमा गोल गर्दै चेल्सीलाई बराबरीमा ल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप