सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विश्वकपमा पाकिस्तानले अझै हराउन सकेन भारतलाई

शनिबार, ०६ चैत २०७२, २३ : ५६
शनिबार, ०६ चैत २०७२

काठमाडौं — विश्वकप क्रिकेटमा पाकिस्तान आफ्नो चीर प्रतिद्वन्द्वी भारतसँग पुनः एक पटक पराजित बनेको छ । विश्वकप टी २० अन्तरगत शनिबार राती कोलकाताको इडेन गार्डेनमा भएको खेलमा पाकिस्तान ६ विकेटले पराजित बनेको हो । टी—२० विश्वकपमा दुई टोलीबीच यसअघि खेलिएका ४ खेलमा पनि पाकिस्तानले भारतलाई हराउन सकेको थिएन । एकदिवसीय विश्वकपमा पनि ६ खेलमा भारत अपराजित रहेको छ । वर्षाका कारण ढिला शुरु भएको खेल १८ ओभरमा छोट्याइएको थियो । टस जितेर भारतले पाकिस्तानलाई ब्याटिङ गर्न पठायो । निर्धारित ओभरमा पाकिस्तानले ५ विकेटको क्षतिमा १ सय १८ रन बनायो जसलाई भारतले १३ बल बाँकी छँदै मात्र ४ विकेट गुमाएर पछ्यायो । भारतलाई जित दिलाउन विराट कोहली नायक बने । ब्याटसम्यानका लागि निकै अप्ठ्यारो पिचमा उनले ३७ बलमा ५५ रन बनाउँदे आफ्नो टोलीको जीतको आधार तय गरे । विराटले लक्ष्य पछ्याउँदा सँधै उत्कृष्ट प्रदर्शन गर्ने गरेका छन् । टी २० मा लक्ष्य पछ्याएका ७ खेलमा उनले १ सय ८७ को औसतले ३ सय ७५ रन बनाएका छन् । उनलाई २४ रन बनाउँदै युवराज सिंहले राम्रो साथ दिए भने कप्तान महेन्द्रसिंह धोनीले १३ रन बनाए । पाकिस्तानका लागि मोहमद सामीले २ तथा मोहमद आमिर र वहाब रिहाजले १—१ विकेट लिए । यसअघि निकै टर्न भएको पिचमा पहिलो ब्याटिङ गर्दै पाकिस्तानले १ सय १८ रन बनाएको थियो । पाकिस्तानका लागि शोहेब मलिकले सर्वाधिक २६ रन बनाए भने अहमद सेहजाले २५ तथा उमर अक्मले २२ रन बनाए । सेहजाद टी २० मा हजार रन पुर्याने दोस्रो कम उमेरका खेलाडी बनेका छन् । भारतका लागि ५ बलहरुले १—१ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप