मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

टानद्धारा टिम्ससम्बन्धि पर्यटन बोर्डसँग भएको सम्झौता संसोधन गर्न माग

आइतबार, ०७ चैत २०७२, १८ : ००
आइतबार, ०७ चैत २०७२

नाटोजसँग संस्थगत सहकार्य गर्ने प्रतिबद्धता काठमाडौं – ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)ले पर्यटन प्रबद्र्धनात्मक गतिविधिमा राष्ट्रिय पर्यटन पत्रकारसँग संस्थागत सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । आइतबार टानले आफ्नै सचिवालयमा आयोजना गरेको नाटोज नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रमबीच यस्तो प्रतिबद्धता जनाएको हो ।

बोल्दै टानका महासचिव कर्णबहादुर लामाले पर्यटन पत्रकारविना पर्यटन प्रबद्र्धन असम्भव रहेको बताउँदै पर्यटन पत्रकारहरुको लागि पर्वतीय पर्यटन प्रबद्र्धन पत्रकारिता कल्याणकारी कोष खडा गरेर कार्यान्वयनको अन्तिम तयारी भइरहेको बताए । नाटोजले संस्थागत रुपमा पर्यटन प्रबद्र्धनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको स्मरण गर्दै महासचिव लामाले टानको तर्फबाट नाटोजसँग संस्थागत सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

टान कार्यसमिति सदस्य तथा मिडिया संयोजक सुर्यबहादुर घिमिरेले पर्यटन पत्रकारहरुलाई प्रोत्साहन गर्नको लागि आफूहरु योजनाबद्ध तरिकाबाट लागिरहेको बताए । नाटोजसँग सहकार्य नगरी आफुहरु अघि बढ्नै नसक्ने उनको भनाइ थियो ।

नाटोज टोलीसँगको भेटमा टानले टिम्ससम्बन्धि नेपाल पर्यटन बोर्डसँग भएको दुई पक्षीय सम्झौता संसोधन गर्नुपर्नेमा जोड दिएको थियो । सम्झौतामा टिम्स बापतको रकम निश्चित शीर्षकमा मात्रै निकाशा हुने हुनाले टानलाई काम गर्न असहज भइरहेको कुरालाई ध्यानमा राखेर सम्झौता संसोसधन गर्नुपर्ने टानको भनाई छ । संस्थाको हरेक गतिविधिलाई सहज तुल्याउनको लागि आर्थिक विनियमावली संसोधन गर्ने तयारी भइरहेको पनि टानले जनाएको छ ।

कार्यक्रममा बोल्दै टान महासचिव लामाले टान आर्थिक विनियमावली र एमओयूलगायतका कारण टानको आर्थिक गतिविधि सुन्य अवस्थामा पुगेको भन्दै सो एमओयु समयसापेक्षित परिमार्जन गर्नुपर्ने आवश्यकता औल्याए ।

कोषाध्यक्ष लिलाबल्दब दाहालले पनि पर्यटन बोर्डसँग टिम्ससम्बन्धि भएको दुई पक्षीय सम्झौता संसोधन नभएसम्म टानको आर्थिक गतिविधि अगाडि बढ्नै नसक्ने भएको बताउँदै त्यसलाई संसोधन गर्न हरेक तवरबाट दबाव सिर्जना गर्नुपर्ने बताए । उनले बोडसँगको एमओयु संसोधन गरेर पत्रकारहरुको लागि कम्तिमा पाँच प्रतिशत रकम निकाश गर्नुपर्नेमा जोड दिए । निकट भविष्यमै विशेष साधारणसभा आयोजना गरी आर्थिक विनियमावलीसमेत संसोधन गरेर टानको हरेक गतिविधिलाई प्रभावकारी बनाउने पनि उनले बताए ।

कार्यक्रमको सुरुमै नाटोजका अध्यक्ष शिव अधिकारीले पर्यटन पत्रकारहरुको क्षमता अभिवृद्धि गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनको लागि टानले संस्थागत सहकार्य गर्नुपर्ने बताएका थिए । पर्यटन पत्रकारहरुलाई हरेक संस्थाबाट युज एण्ड थ्रो को व्यवहार गर्ने गरिएको बताउँदै पर्यटन पत्रकारितालाई सम्मानित पेशाको रुपमा परिणत गर्न नाटोज लागि परेको बताए । उनले पर्यटकीय संघसंस्था तथा सम्बन्धित निकायहरुले पर्यटन पत्रकारहरुसँग कसरी सहकार्य गर्छ भन्ने कुरामा नाटोज पर्ख र हेरको रणनीतिमा अघि बढिरहेको जिकिर पनि गरे ।

कार्यक्रममा टान कार्यसमितिको तर्फबाट नाटोजको १९ सदस्यीय नयाँ कार्यसमितिलाई खादा र माला लगाएर बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप