मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भोटेकोशीबाट गरियो पर्यटन संसदको घोषणा

मङ्गलबार, ०९ चैत २०७२, १५ : ०७
मङ्गलबार, ०९ चैत २०७२

काठमाडौं–पर्यटन पत्रकारहरुको संस्था राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)ले भोटेकोशी नदीको बीच भागबाट  पर्यटन संसदको घोषणा गरेको छ । सोमबार सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोशी नदीको बिच भागमै बसेको नाटोज केन्द्रीय कार्यसमितिको बैठकबाट पर्यटन संसद घोषणा गरिएको संघका अध्यक्ष शिव अधिकारीले रातोपाटीलाई बताए ।

उनका अनुसार पर्यटन संसदको संरचनागत स्वरुप सबैले देखेभोगेको मुलुकको संसद जस्तै हुने छ भने  सोमा प्रत्येक पर्यटकीय संघसंस्थाको तर्फबाट कम्तिमा पाँच जना प्रतिनिधिहरुलाई प्रतिनिधित्व गराई बढिमा १ सय ११ सदस्यीय बनाइने छ । यसको छुट्टै कार्यविधि र आचारसंहिता समेत बनाइने उनको भनाई छ । त्यस्तै संसद कक्षको एउटा रुप तयार गरिने छ भने तिनै सांसदहरुले पर्यटन क्षेत्रमा आइपरेका समस्याहरुमाथि संसदभित्र छलफल गरी समाधान गर्न सकिनेलाई तत्काल समाधान गर्ने र नसकिने अवस्थामा सम्बधित निकाय तथा सरकारलाई सुसुचित गर्दै दबाव दिने काम गर्ने अधिकारीले बताए । यस्तै संसदको सभामुख चक्रिय प्रणालीमा हुनेछ ।

पर्यटन संसदबारे प्रष्ट्याउँदै अधिकारीले अगाडि भने, ‘मुलुकको पर्यटन प्रवद्र्धन र विकासका निम्ति एक जुट भएर जुट्नुपर्नेमा व्यवसायीहरु राजनीतिक विचार सिद्धान्तको आधारमा छिन्नभिन्न भएको अवस्था छ । समग्र पर्यटन उद्योगको भविष्य उज्वल बनाउन र पर्यटन क्षेत्रका समस्याको समाधानको लागि सबैको आवाज एकमुष्ट बुलन्द पार्न यसको परिकल्पना भएको हो ।’ संसदले व्यवसायहरुमा भावनात्मक एकता कायम गर्न, पर्यटन क्षेत्रको समस्याहरुलाई व्यवहारिक र वैज्ञानिक रुपमा दीर्घकालिन समाधान गर्न तथा पर्यटन पत्रकारहरुलाईसमेत समाचार संकलनमा सघाउ पुग्ने नाटोजले विस्वास लिएको छ ।

सो अवसरमा भोटेकोशीमा राफ्टिङ समेत गराइएको थियो । र्याफ्टीङमा पर्यटन क्षेत्रका व्यक्तित्वहरुका साथै पर्यटन पत्रकारहरुको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप