सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यसरी प्रहरीको नियन्त्रणमा प्रहरी नै परे

बुधबार, १० चैत २०७२, १८ : २०
बुधबार, १० चैत २०७२

डोटी–डोटीमा प्रहरीको नियन्त्रणमा प्रहरी नै परेका छन ।  डोटीको सरस्वतीनगर ईलाका प्रहरी कार्यालय जोरायलमा प्रहरी र स्थानीयबीच हिजो साँझ भएको झडपको अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय डोटीले प्रहरी र स्थानीय गरी चार जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी चौकी इञ्चार्ज धनबहादुर नाथ, डिउटीमा रहेका प्रहरी जवान गोकर्ण बोहरा र मदिरा सेवनगरी कार्यालयभित्र पस्ने नरबहादुरकठायत र रबि कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार बेलुका स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपमा परी प्रहरी हवल्दार रमेश सिंह धामी र सिपाहीद्वय गोकर्ण बोहरा र कृष्णबहादुर चन्दलाई सामान्य चोटपटक समेत लागेको छ ।

घटनामा अनुन्धान गर्नका लागी प्रहरी र दुई जना स्थानीयलाई प्रहरी नियन्त्रणमा राखिने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरिक्षक डिल्लीराज बिष्टले बताउनु भएको छ ।

स्थानीय र प्रहरी चौकीमा रहेका प्रहरी बिच भएको झडप ईलाका प्रहरी चौकी बुडरबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप