सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ट्रकले किचेर बालकको मृत्यु

बुधबार, १० चैत २०७२, १८ : ४०
बुधबार, १० चैत २०७२

खोटाङ– ट्रकले किचेर आज एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

दिक्तेलबाट जयरामतर्फ गइरहेको ना ३ ख ७७४८ नम्बरको ट्रकले स्थानीय सरस्वति उच्चमावि कक्षा ६ मा अध्ययनरत सङ्गम राईलाई परीक्षा दिएर घर फर्कनेक्रममा ट्रकले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनालगत्तै चालक र ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए ।

बालकको ज्यान गएपछि आफन्त र स्थानीयवासीले क्षतिपूर्ति तथा दोषीलाई कारबाहीको माग दिउँसैदेखि सडक अवरुद्ध पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप