मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भारतीय बजारलाई लक्षित 'चलिए पोखरा' अभियान सुरु

शनिबार, १३ चैत २०७२, २० : ११
शनिबार, १३ चैत २०७२
  पोखरा - पर्यटकीय नगरी पोखरा तथा सिङ्गो नेपाललाई भारतीय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ आजबाट ‘चलिए पोखरा’ अभियान सुरु गरिएको छ । पश्चिमाञ्चल होटल सङ्घ पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सञ्चालन गरिएको छदिने यो अभियानलाई सफल बनाउन होटल व्यवसायी र सञ्चारकर्मीसहित २६ जनाको टोली आज बिहान भारतका विभिन्न सहरका लागि प्रस्थान गरेको हो । अभियानको टोली भारतको लखनउ, कानपुर, गोरखपुर र वाराणसीलगायतका सहरमा पुगी त्यहाँका उद्यमी, व्यवसायी, वुद्धिजीवी, सञ्चारकर्मी एवम् सर्वसाधारणसँग छलफल गरी पोखराको प्राकृतिक सौन्दर्य, हिमश्रृङ्खलाका बारेमा जानकारी गराउनेछ । गएको वैशाख १२ गते गएको भूकम्प र नाकाबन्दीबाट पर्यटन व्यवसायमा आएको मन्दीलाई उकास्न र बढी भारतीय पर्यटक पोखरा भित्र्याउन टोली सफल हुने पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष भरतराज पराजुलीले विश्वास व्यक्त गर्नुभयो । सङ्घले यही चैत महिनाको २८ देखि वैशाख २ गतेसम्म फेवातालको किनारमा नववर्ष फेवा महोत्सव पनि गर्न लागेकाले टोलीले महोत्सवमा आउन भारतीय पर्यटकलाई निम्ता दिन तथा त्यस महोत्सवमा आउने पर्यटकलाई विभिन्न छुटसमेत दिनेबारेमा भारतीय पर्यटकलाई जानकारीसमेत गराउने बताइएको छ । चार वर्षअघिदेखि सङ्घको पहलमा सुरु गरिएको सो अभियानको टोली चैत १८ गते पोखरा फर्कने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप