मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्पा थेरापीप्रति आकर्षण बढ्दो, अफसिजनमै पनि रियल थेरापी भरिभराउ (फोटोसहित)

आइतबार, १४ चैत २०७२, १५ : ३५
आइतबार, १४ चैत २०७२

काठमाडौँ -भर्खर पर्यटकीय सिजन सुरु हुँदैछ । पर्यटक आगमनसँगै पर्यटन बजारको गतिशिलता विस्तारै बढ्दो क्रममा छ । पर्यटक आगमनमा भएको बृद्धिसँगै पर्यटक सेवा प्रदायक कम्पनीहरु पनि चलायमान भइरहेका छन् । विहिबार पर्यटन पत्रकारहरुको टोली ठमेलस्थित रियल थेरापी एण्ड व्युटी पोइन्ट पुग्दा सेवा लिन आउने स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ थियो ।

यद्यपी भूकम्प, नाकाबन्दीलगायतका चरम समस्याको बेलामा पनि आफुहरुले हात बाधेरै बस्नुपर्ने अवस्था भने नआएको रियल थेरापीका प्रबन्ध निर्देशक भवि शर्माले बताए । शर्माका अनुसार पर्यटकीय अफसिजनमा स्वदेशी पर्यटकलाई सेवा दिइएको र अहिले विस्तारै विदेशी र स्वदेशी पर्यटकको आगमन बढिरहेको छ । रियल थेरापी नेपालकै सबैभन्दा पुरानो र भरपर्दो सेवा प्रदान गर्ने कम्पनी भएको हुनाले पनि पर्यटकहरु आकर्षित हुने गरेका छन् ।

रियल थेरापी एण्ड व्यूटी प्वाइन्टलाई नेपालको स्पा व्यवसाय र यो सेवाको जन्मदाता भनेर चिनिन्छ । मसाजप्रति नेपाली समाजले हेर्ने साँघुरो दृष्टिकोणलाई ध्यानमा राख्दै मसाज व्यवसायलाई मर्यादित र पारिवारिक बनाउने मुख्य उद्देश्यका साथ रियल थेरापी एण्ड व्यूटी पोइन्टको स्थापना गरिएको हो । एकैचोटी ५० जनाभन्दा बढिलाई पारिवारिक वातावरणमा सेवा दिन सक्ने रियल थेरापी एण्ड व्यूटी प्वाइन्ट सन् २००२ मा दर्ता भई सरकारलाई टयाक्स तिरेर सञ्चालनमा आएको पहिलो स्पा पनि हो ।

विभिन्न मुलुक घुम्दा हासिल गरेको अनुभव र स्पाको नाममा हुने गरेका नकारात्मक पक्ष हटाएर नेपालको संस्कृतिसँग मिल्नेगरी सेवा प्रदान गर्नको लागि रियल थेरापीको स्थापना गरिएको प्रबन्ध निर्देशक शर्माको भनाइ छ ।

मनोरञ्जन, उपचार र आनन्द तीनवटै क्षेत्रको समन्वय पाइने भएकाले स्पा पर्यटकको रोजाइमा पर्ने गरेको छ । रियल थेरापीले अहिले साउनाबाथ, स्टीम बाथ, आयुर्वेदिक मसाज, हटस्टोन मसाज, जोइन्ट पेनरिलिफ मसाज, रिल्याक्सेसन मसाज, अक्कुप्रेसर थेरापी, स्ट्रेचिङ थेरापी जस्ता स्पासँग सम्बन्धित र बडि ट्रिटमेन्टका साथै व्यूटी पार्लर तथा सैलुनमा हुने सम्पूर्ण सेवा प्रदान गरिरहेको छ ।

साथै अहिले नेपालमै पहिलो पटक अफुरो (हट स्प्रीङ वाटर) तातो पानीको कुण्ड रियल थेरापीको मुख्य आकर्षण हो । यसबाट व्याक पेन, जोइन्ट पेन, सुगर, युरीक एसीड, प्रेसर, वैट लस, मस्कुलर पेन जस्ता रोगको ग्यारेन्टीका साथ उपचार गराएको छ । त्यसोतः यहाँको सेवा लिने जोकोही पनि फेरी फर्केर सेवा लिने गर्दछन् ।

को‌ हुन् भवि शर्मा

भवि शर्मा रि‌यल थे‌र‌ापी एण्ड ब्युटी पो‌इन्टका सञ्चालक हुन् । समय र‌ परि‌स्थिति सँगसँगै‌ मसाजको‌ नाममा विभिन्न किसिमका विकृतिहरु फै‌लिर‌हे‌को‌ बे‌ला पारि‌वारि‌क मसाजको‌ अवधार‌णा ल्याउने‌ पहिलो‌ व्यक्तित्वको‌ रुपमा शर्मालाई चिन्न सकिन्छ । उनी अहिले‌सम्म ने‌पालमा सञ्चालित स्पा व्यवसायहरुमध्ये‌ सबै‌भन्दा बढी लगानी गर‌े‌र‌ से‌वा उपलब्ध गर‌ाउने‌मा पनि पर्छन् ।

स्पा तथा मसाज व्यवसायप्रति ने‌पाली समाजले‌ हे‌नेर्‌ दृष्टीको‌णलाई परि‌वर्तन गर‌ी मानिसको‌ जीवनमा मसाज पनि आवश्यक छ भन्ने‌ धार‌णाको‌ विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।  व्यवसाय गर्नुभन्दा अगाडि ५र६ वटा दे‌श घुमेका उनले त्यहाँको‌ स्पाको‌ र‌ाम्रो‌ व्यापार‌का साथै‌ से‌वा दे‌खे‌पछि ने‌पाल आएर‌ रि‌यल थे‌र‌ापी स्थापना गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप