सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फाइनलजस्तै भिडन्त : अस्ट्रेलिया र भारत भिड्दै, दाऊमा सेमिफाइनल

आइतबार, १४ चैत २०७२, १६ : ४४
आइतबार, १४ चैत २०७२

काठमाडौं – विश्वकप टी–२० शुरु हुनअघि धेरैले भारतलाई प्रतियोगिताको मुख्य दाबेदारको रुपमा हरिएको थियो । आफ्नै घरेलु मैदानमा एकदिवसीय विश्वकप उचालेको भारतले यो प्रतियोगिता पनि जित्ने छ भन्ने धेरै थिए । प्रतियोगिताअघि भारतले टी–२० खेलमा अस्ट्रेलियालाई उसैको घरेलु मैदानमा पराजित गरेको थियो भने एसिया कपको उपाधि पनि हात पारेको थियो । तर, विश्वकपको शुरुवातमा नै भारत स्तब्ध बन्यो । न्युजिल्याण्डविरुद्ध पहिलो खेलमा नै भारत ४७ रनको भारी अन्तरले पराजित बन्यो । दोस्रो खेलमा भने पाकिस्तानलाई सहजै ६ विकेटले पराजित गर्यो भने बंगलादेशविरुद्ध हार्दाहार्दै भारत जोगियो । यो विश्वकपमा र्यांकिङमा नम्बर १ रहेको भारतको प्रदर्शन हालसम्म सन्तोषजनक रहेको छैन । उता, अस्ट्रेलियाको पनि भारतजस्तै हालत रहेको छ । पहिलो खेल न्युजिल्याण्डसँग हारेको अस्ट्रेलियाले त्यसपछि खेलमा पाकिस्तान र बंगलादेशलाई हराएको छ । एकदिवसीय र टेस्टमा नम्बर १ स्थानमा रहेको अस्ट्रेलियाको फर्म टी–२० मा भने राम्रो छैन । अहिले ऊ पाँचौं स्थानमा सिमित रहेको छ । आज दुई महारथीबीच आज राती ७ः४५ मा मोहाली क्रिकेट मैदानमा भिडन्त हुँदैछ । आजको खेल निकै महत्वपूर्ण छ दुवै टोलीका लागि किनेभने जसले आजको खेल जित्छ, ऊ नै सेमिफाइनलसम्म पुग्नेछ । हार्ने टोली घर फर्कनेछ ।

कारणवस खेल रद्द भएमा भने अस्ट्रेलिया रनरेटको आधारमा अर्को चरणमा पुग्नेछ ।

आजको खेलमा धेरैले भारत विजयी हुने अनुमान गरेका छन् । तर, हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका सेन वाटसन भने भारतलाई उसैको भूमीमा हराउने दाबी गर्छन् । ‘भारतलाई उसैको भूमिमा हराउनुको मज्जा अर्को हुनेछ,’ उनी भन्छन् । त्यस्तै, भारतका स्टार खेलाडी विराट कोहली पनि अस्ट्रेलियाको सामना गर्न आफ्नो टोली तयार रहेको बताउँछन् । पछिल्ला तथ्यांक हेर्ने हो भने टी–२० मा अस्ट्रेलियामाथि भारत हाबी रहेको पाउन सकिन्छ । पछिल्ला ५ खेलमा भारत विजयी बनेको छ । अस्ट्रेलिया सन् २०१२ मा श्रीलंकामा भएको विश्वकपमा भारतमा विजयी बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप