सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी समाचार प्रभाव  : ‘तेल चोर’को आरोप लागेकाको सरुवा रोकियो

आइतबार, १४ चैत २०७२, १८ : ०८
आइतबार, १४ चैत २०७२

काठमाडौं – तेल चोरी आरोपमा कारवाहीमा परेर केन्द्रीय कार्यालय तानिएका नेपाल आयल निगमका उपनिर्देशक दिनेश यादवलाई अमलेखगञ्जको डिपो प्रमुख बनाएर पठाउने तयारी गरिए पनि त्यस विषयमा रातोपाटीमा समाचार छापिएपछि उक्त निर्णयबाट निगम ब्याक भएको छ । भलबारी डिपो प्रमुख रहँदा तेलचोरी आरोपमा केन्द्रिय कार्यालय तानेर कारवाही भोगिरहेका थिए । तेलचोरी आरोपमा आयल निगम सञ्चालक समितिले १ करोड ४५ लाख बिगो भराउने निर्णय गरेको थियो । तर यादवले सञ्चालक समितिबिरुद्ध सर्वोच्चमा उजुरी गरेर स्टेअर्डर लिएका छन् । निगम स्रोतका अनुसार गत फागुन २८ गते अमलेखगञ्ज पठाउन टिप्पणी उठाइएपनि अन्तिम समयमा सो निर्णय खारेज गरिएको छ । उनको स्थानमा आठौं तहका प्रबन्धक खिलेन्द्र कार्कीलाई त्यहाँ पठाउने निर्णय गरिएको छ । आर्थिक वर्ष २०६५/०६६ र २०६६/०६७ को कुल ११ महिना निगमको अमलेखगञ्ज डिपो प्रमुखको रुपमा कार्यरत रहँदा यादवले डिपोको लागि निर्धारीत वार्षिक नोक्सानी लक्ष्य दुरुपयोग गरी करिब तीन करोडबराबरको पेट्रोलियम पदार्थ अपचलन गरेको आरोमपमा दोषी ठहर गरेको थियो। अपचलनकाण्ड सम्बन्धमा गठित विभिन्न छानबिन समितिले उनलार्ई दोषी करार गर्दै कारबाहीको सिफारिस गरे पनि तत्कालीन निगम व्यवस्थापनले आर्थिक चलखेलको आधारमा २०६८ फागुन २२ गते कारबाहीको सट्टा पुरस्कृत गर्दै नवौँ तहमा पदोन्नति गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप