मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

जे टु जे सम्मेलनबारेका हल्लाहरु निराधार : पोखरेल

मङ्गलबार, १६ चैत २०७२, १० : ०६
मङ्गलबार, १६ चैत २०७२
काठमाडौं– राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) ले अगाडी सारेको जे टु जे सम्मेलनको विषयमा फैलाईएका हल्लाहरु निराधार रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलले वताएका छन् । सोमबार नाटोजका अध्यक्ष शिव अधिकारी संग कुरा गर्दै मन्त्री पोखरेलले नाटोजसंग आफुले सहकार्य सुरु गरिसकेको र नाटोजका विभिन्न कार्यक्रमहरुमा आफुले जे टु जे को आयोजना सम्बन्धमा वारम्वार नाटोजसंगकै सहकार्यमा गर्ने वताउँदै आएको स्मरण गर्दै हल्लाको पछाडी नलाग्न सम्पूर्ण पर्यटन पत्रकार र व्यवसायिहरुलाई आग्रह गरे । केहि सञ्चार माध्यमले जे टु जे सम्मेलनको विषयमा हल्ला फैलाएको विषयमा आफु बेखवर रहेको वताउँदै मन्त्री पोखरेलले यसअगाडी पनि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा समेत नाटोजको प्रतिनिधित्व गराईसकेको समेत वताए । े यसैविच नेकपा एमालेका पर्यटन विभाग प्रमुख सुर्य थापाले आफु नाटोजका गतिविधि देखेर प्रभावित भएको वताउँदै पर्यटन क्षेत्रमा गरिने जे टु जे र अन्य कुनै पनि कार्यक्रम पर्यटन पत्रकारहरुको राष्ट्रिय संस्था भएकोले नाटोजसंगको सहकार्य विना सम्भव नहुने वताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप