मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गाँउको पर्यटन प्रचारमा लागे मोहनविक्रम (फोटोफिचर)

बुधबार, १७ चैत २०७२, १३ : ४५
बुधबार, १७ चैत २०७२

प्युठान– पूराना कम्युनिष्ट नेता तथा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह अहिले आफ्नो गाँउको प्रचार–प्रसारमा जुटेका छन् । केही दिन अगाडि उनी जर्मन पर्यटकसहित आफ्नो गाँउ पुगेर गाँउको प्रचारमा खटिए । ग्रामिण पर्यटन अहिले नेपालको पर्यटन व्यवसायलाई फस्टाउनको लागि एउटा भरपर्दो उपाय बनेको छ । प्युठानको उत्तरी भेग ओखरकोटलाई पर्यटन गन्तब्य बनाउन नेता सिंहले चासो राखेका छन् । गाँउलेहरु पनि आफ्नो गाँउलाई पर्यटकीय क्षेत्र बनाउन दिनरात खटेका छन् ।

ओखरकोटमा बिगत एक वर्ष देखि होमस्टे सुरु गरेको छ । प्युठानका विभिन्न ठाँउलाई पर्यटन क्षेत्रका रुपमा विकास गर्ने काम पनि भएको छ । ओखरकोटका मच्छी, चौके, टिमुरचौर र दियाल्ना गरेर जम्मा ४ वटा ठाँउहरुमा अहिले होमस्टेको संचालनमा आएको छ । होमस्टेको लागि हरेक गाँउका ३० वटा घरमा पर्यटन तथा ग्रामीण बिकासका प्रशिक्षक आएर होमस्टेसम्बन्धि तालिम दिएका थिए ।

ओखरकोटलगायतका ठाँउमा खोलिएका होमस्टे अहिले स्थानीयका लागि आर्थिक आम्दानीको बाटो बनेको छ । आन्तरिक पर्यटकको पनि गन्तब्य बनेको प्युठानको ओखरकोटमा अहिले बिदेशी पर्यटकको पनि रोजाइमा पर्न थालेको छ ।

ओखरकोट पर्यटन तथा ग्रामीण बिकास नामक संस्थाले सात दिनको प्याकेज उपलब्ध गराउन थालेको छ । प्याकेजमा सौराहा देखि प्युठानसम्मका यात्रा र ओखरकोटका गाँउमा टे«किङ समेटिएको छ । यहाँ होमस्टे साथै त्यहाँका साँस्कृतिक कार्यक्रममार्फत पनि आनन्द लिन सकिन्छ ।

ग्रामीण बिकास संस्थाका महासचिव लिला जिसीले गाउँको पर्यटन विकासमा होमस्टेले धेरै सहयोग पुर्याएको बताए । उनले भविष्यमा यसलाई थप विकास गर्दै जाने पनि बताए । होमस्टेमा भेटिएका जर्मन पर्यटक इभा वार्नेकले यहाँ आएर बहुतै आनन्द लिएको बताए । ‘यो ठाँउ साह्रै राम्रो छ । मानिसहरु सहयोगी छन् । अरु नागरिकलाई पनि म ओखरकोट आउन सल्लाह दिन्छु ।’ उनले भने, ‘ म जर्मन गएर ओखरकोटको होमस्टेलाई प्रबद्र्धन गर्न लाग्छ ।’

प्रकृतिले दिएको अनुपम उपहारलाई भरपुर प्रयोग गर्दे ओखरकोटमा नेपाने देखि कोटसम्म कटेज निर्माण गर्ने, जैथुममा पर्यटकीय बगैचा, दियाल्नामा रक गार्डन, स्र्वगद्वारी–एरावती–गौमुखी–ढोरपाटन हुँदै लुम्बिनीसम्म पर्यटन ट्रयाक जोड्ने योजना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप