सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘नेपाल–भारत सम्बन्ध अझै प्रगाढ बनाउनुपर्ने’ : भारतीय राजदूत राय

बुधबार, १७ चैत २०७२, १७ : २९
बुधबार, १७ चैत २०७२

पाल्पा-नेपालका लागि भारतीय राजदूत रणजित रायले नेपाल–भारतको सम्बन्ध अझ समयसापेक्ष ढङ्गबाट प्रगाढ बनाउनुपर्ने बताएका छन् ।

तानसेन–१३ स्थित लक्ष्मी उमाविमा निर्माणाधीन छात्रवास र भवनको आज शिलान्यास गर्दै उनले नेपाल र भारतको पुस्तौंदेखिको सम्बन्ध रहेको बताएका हुन् । अबको सम्बन्धलाई विकासले जोड्नुपर्नेमा उहाँको जोड थियो ।

उनले भारतको विकास हुँदा छिमेकी देश नेपाल पनि विकास भए मात्र शान्ति स्थापना हुने बताउँदै त्यसका लागि विकास गर्न दुवै देशले साझेदारी गर्नु आवश्यक रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप