मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पर्यटन बोर्डमा फोटो प्रदर्शनी सुरु

बिहीबार, १८ चैत २०७२, १९ : २७
बिहीबार, १८ चैत २०७२

काठमाडौं–नेपाल पर्यटन बोर्डले हरेक महिना आयोजना गर्दै आएको फोटो प्रर्दशनी बिहीबारबाट सुरु भएको छ । तीन दिनसम्म चल्ने प्रर्दशनी चिनियाँ सांस्कृतिक केन्द्रका निर्देशक यिन खुन सङ्गले उदघाटन गरेका हुन् ।

प्रदर्शनीमा नेपालको संस्कृति र जनजीवनसँग जोडेर खिचेका ८० फोटोहरु राखिएको छ । प्रदर्शनी आइतबारसम्म चल्नेछ ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हरेक महिना यस्तो प्रदर्शनी आयोजना गरिँदै आएको पर्यटन बोर्डका सिइओ दिपक कुमार जोशीले बताए ।

उनले चीन नेपालका लागि मुख्य पर्यटन बजार भएका कारण चीनमा नेपालको प्रबर्द्धन गर्न यस्ता प्रबर्द्धनात्मक कामहरु अबका दिनहरुमा सधैं सहकार्यका साथ गरिने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप