बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बुधबार, ०३ माघ २०७४, ०५ : ५५
बुधबार, ०३ माघ २०७४

आजको राशिफल
बि.स.२०७४ माघ ०३ गते ।  बुधबार । ईश्वी सन् २०१८ जनवरी १७ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । माघ कृष्ण पक्ष । तिथि औंषि ०१ घडी ०२ पला,बिहान ७ बजेर २२ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र उत्तरषाडा ३७ घडी ५९ पला,बेलुका १० बजेर  ९ मिनेट उप्रान्त श्रवण । योग हर्षण ०८ घडि १२ पला,बिहान १० बजेर १४ मिनेट उप्रान्त बज्र । 

करण नाग,बिहान ७ बजेर २२ मिनेट उप्रान्त किंस्तुध्न,बेलुका ८ बजेर २३ मिनेट उप्रान्त बव। आनन्दादिमा बज्र योग । चन्द्रराशि मकर । 

काठमाडौंमा सूर्योदय ६ बजेर ५८ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ३१ मिनेट जादा । दिनमान २६ घडी २२ पला । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आउँने अवसरलाई सहि रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ भने राजनिति गर्नेहरुले राज्यबाट बिशेष पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसायमा लगानि गरि मनग्गे नाँफा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा लगानि गर्नेहरु सफल रुपमा स्थापित हुँनेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) समय मध्ययम रहेकोले कुनै पनि काम गर्दा राम्रो सँग सोचेर मात्र अगाढि बढ्नुहोला । व्यावसायमा तत्काल लगानि गरिहाल्ने समय नरहेकोले केहि समय कुर्नुनै उचित हुँनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या देखा पर्ने योग रहेकोछ । धर्म सस्कृतिमा चासो बढ्नेछ भने धार्मिक स्थलहरुको यात्रा हुँनेछ । पढाई लेखाईमा समय अलि बढिनै समय दिनुहोला अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । सरकारि काम गर्दा होस गर्नुहोला काम बिग्रने तथा जरिवाना तिर्नुपर्ने हुँन सक्छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै बिफल हुँनुपर्दा तनाब बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँनेछ भने दैनिकी प्रभावित हुँनेछ । बिषेश गरि चेलि माईतिसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला मनमुटावको स्थिति सिर्जना नहोला भन्न सकिन्न । पढाई लेखाईमा समय दिन नसक्दा गृहकार्यहरु थाति रहनेछ । माया प्रेममा धोका हुँनेछ भने पति पत्निबिच मनमुटाव सिर्जना हुँने योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकि सुखद तथा सक्बृद्ध बनाउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाई लेखाईमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरिरमा एक किसिमको जोस जागर आउँनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने बिलाशि तथा भौतिक बस्तु प्राप्तिको गतिलो योग रहेकोछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) वादबिवाद तथा प्रतिश्पर्धामा  जित निश्चित छ । मुद्दा मामिलामा तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा हुँनेछ । ब्यापार ब्याबसाय फस्टाएर जानेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् । पुरानो रोग निको भएर जानेछ । बिद्यामा सफलता प्राप्त हुँनेछ । मावलि पक्षबाट तपाईको काममा आर्थिक हुँनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) पढाई लेखाई बिग्रने तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायबाट भनेजस्तो आम्दानि नहुँदा आर्थिक सन्तुलन बिग्रने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले बाध्यता बस टाडा हुँनु पर्नेछ । आफन्त तथा सन्तानले तपाईको काममा सहयोग नगर्ने तथा भनेको नमान्दा महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) घर परिवार, आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ । तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ । तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुँनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाई तथा छिमेकिबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेकोछ । आफन्त तथा मन पर्ने साथिकासाथ छोटो,रमाईलो तथा अर्थपुर्ण यात्रा हुने हुँनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछ भने सत्रु परास्त हुँनेछन् । खोज तथा अनुशन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निस्कने हुँनाले अध्ययन अध्यापनमा मन जानेछ । आफुलाई मन पर्ने भौतिक सम्पति जोड्न पाउँदा मन हर्सित हुँनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा कुटुम्बसँग व्यावहार गर्दा वा कुनै पनि काम गर्दा साबधानि अपनाउँनुहोला कामहरु बिग्रने तथा मनमुटाब पैदा हुँन सक्छ । समय मध्ययम रहेकोले परिबन्धमा परिने तथा झै झगडा हुँने अधिक सम्भावना रहेकोछ । माया प्रेममा नचाहादा नचाहादै छुट्टिनुपर्दा मन खिन्न हुँनेछ । पारिवारिक माहोलमा मिठो मसिनो भोजन गर्ने अवसर जुर्ने भएपनि  खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । पढाई लेखाईमा अल्छि गर्नाले अरुभन्दा पछि परिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनिति तथा समाजसेवामा गरिएको लगानिबाट भनेजस्तो उपलब्धि हासिल हुँनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउँने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएरु जाने हुँनाले थप लगानिको लागि रुपैया जुटाउँन सहज हुँनेछ । सुन्दर तथा बिलाशि बस्तुको प्रयोग गर्न पाईने तथा सुन्दर बस्त्र पहिरिन अरुको मन आफुनिर आकर्षित गर्न सकनिेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने ग्रहयोग रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा उपचार खर्च बढेर जानेछ । गलत कामहरु भुलेर पनि नगनुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । पढाई लेखाईमा समय दिएपनि अपेक्षित नतिजा ल्याउँन मुस्किल रहेकोछ । माया प्रेममा आजको दिन भेट नहुँदा नै राम्रो रहेकोछ भेटमा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै छुट्टिनु पर्ने हुँनसक्छ । व्यापार व्यावसाय खस्केर जाने ग्रहयोग रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिद्यामा अरुलाई पछि पारेर अगाडि बड्ने समय रहेको छ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँने हुँदा बाहिरि बाताबरणको ख्याल गर्नुहोला । माया प्रेमको बन्धन कसिलो हुँनुको साथै दाम्पत्य जिबन सुखि रहनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँनेछ ।  खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरु जस्तै धातु तथा पानि सँग सम्बन्धित बस्तुहरुको कारोबारबाट फाईदा हुँनेछ  । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुँनेछ ।

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप