मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मानवनिर्मित जलाशय : चरा र पर्यटकको रोजाईमा

शुक्रबार, १९ चैत २०७२, ११ : ४२
शुक्रबार, १९ चैत २०७२
कपिलबस्तुको जगदिशपुर जलाशय नेपालको मानव निर्मित ठुलो जलाशय मध्ये एक हो । १५७ हेक्टरमा फैलिएको यो विशाल जलाशय बुटवलबाट ३७ किलोमिटर पश्चिम कोइली बनगाईबाट लगभग १० किलोमिटर टाढा छ । निकलिहवा–१ मा अवस्थित छ ताल । सन् २००३ मा जगदिशपुर जलाशयलाई रामसार क्षेत्रका रुपमा घोषणा गरिएको हो । ठुलो क्षेत्रमा फैलिएको यो विशाल जलाशयको पानी भण्डारण गर्ने क्षमता ४७ लाख घनमिटर छ । पानीबाट ६ हजार ७० हेक्टर कृषि भुमिको सिँचाइ गर्न सकिन्छ । नेपाल सरकार, विशेषगरी डिभिजनल सिंचाई कार्यालयसँगको साझेदारीमा जल उपभोक्ता सङ्घले यस सिँचाई प्रणालीको व्यवस्थापन गरिरहेको छ । करिब १७ हजार ३९० घरधुरिका १ लाख ९ हजार ५७२ व्यक्ति यस जलाशयद्घारा गरिएको सिँचाईबाट लाभान्वित भएका छन् । विशाल क्षेत्रमा फैलिएको यो ताल प्राकृतिक रुपले पनि अत्यन्तै सुन्दर छ । निलो आकाशको प्रतिबिम्बले तालको पानीलाई पनि निलै बनाएको छ । प्राकृतिक रुपले धनी यस ठाँउमा अहिले पर्यटकको आगमन संङ्ख्या बिस्तारै बढ्दै गैरहेको छ । ओखरकोट पर्यटन तथा ग्रामीण बिकास नामक संस्थाले केही जर्मन प्रर्यटकलाई यहाँ पुर्राएको थियो । कसरी पुग्न सकिन्छ जगदिशपुर ताल जगदिशपुर ताल पुग्न खासै साधनको व्यवस्था भने छैन । बुटवलबाट जगदिशपुर तालसम्म पुग्नको लागि जिप फरक–फरक समयमा छुट्ने गर्दछ साथै भाँडा दर पनि प्रति व्यक्ति १२० रुपैयाँ पर्ने गर्दछ । आर्कषण यस क्षेत्र नेपालको महत्वपुर्ण चरा क्षेत्रहरु मध्ये एक हो । नेपालमा पाइने चराहरुको प्रजाति मध्ये करिब २० प्रतिशत प्रजातिका चरा यहाँ पाइन्छन् । जम्मा १ सय ६८ प्रजातिका चरामध्ये ९० स्थायी रुपमा बसोबास गर्ने, सात गर्मीयाममा आउने र ६४ जाडोयाममा आउने गर्दछन् । यहाँ रातो सुचिमा परेको सिलसिले हाँसलाई दिनको समयमा तालको किनारमा आराम गरिरहेको अवस्थामा भेटिन्छ । यहाँ ३७ केजी सम्मका ठुला ठुला कछुवा र ४८ केजी सम्मका माछा पनि भेटिन्छ । भावी योजना आन्तरिक र बिदेशी पर्यटकहरुको आवतजावत र पर्यटन ट्रयाकलाई बिस्तार गर्नेका निमित्त यहाँका विभिन्न संस्थाहरुले विभिन्न योजनाहरु ल्याउने भएको छ । तालको ठ्याक्कै बिचमा भएको सानो भुभागमा राख्न गौतम बुद्घको मुर्तिको निर्माण गरिने, सानो बगैचाँको निर्माण, पर्किङ्गको व्यवस्था, पर्यटकहरुका लागि विश्राम स्थलका साथै होम स्टेको बिकास गर्ने योजना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप