सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

डेभिड फल्समा एक व्यक्ति मृत फेला

शनिबार, २० चैत २०७२, २१ : ५३
शनिबार, २० चैत २०७२

पोखरा - पोखरा उपमहानगरपालिका वडा नं १७ छोरेपाटनस्थित पातले छाँगो डेभिड फल्समा आज एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

दिउँसो ४:०० बजेको समयमा खसेका मङ्गोलियन अनुहारको देखिने लगभग ५० वर्षीय पुरुषलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मृत अवस्थामा पातले छाँगोबाट लगभग ९० मिटर तल पानीमा डुबेको अवस्थामा फेला पारेको हो ।

मृतकका साथमा पातले छाँगामा प्रवेश गर्दा दिइने दुईवटा टिकट र रु १५ हजार ५५५ नगद पनि फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

पहिचान खुल्न नसकेको मृतकको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको उनले बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप