सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एसएलसीः १३ वर्षीय छात्र परीक्षामा सहभागी

आइतबार, २१ चैत २०७२, १३ : ४५
आइतबार, २१ चैत २०७२
महोत्तरी– तेह्र वर्षीय छात्र प्रवेशिका परीक्षामा सहभागी भएका छन् । सिंहासनी मावि विद्यालयका विजय यादव यस वर्षको परीक्षामा नियमिततर्फबाट सहभागी भएका हुन् । मनरा उमावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका यादव जिल्लाभरिमा नै सबैभन्दा कान्छा परीक्षार्थी रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कमा उनको जन्ममिति २०५८ साल जेठ १० गते रहेको जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले जानकारी दिए । यस वर्ष महोत्तरीबाट एक सय चार विद्यालयका गरी नियमित तर्फबाट सात हजार ५७५ तथा पुनःपरीक्षातर्फबाट चार हजार ७४२ ले परीक्षा दिइरहेका छन् । जिल्लाभरि २८ परीक्षा केन्द्र छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप