सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रेस चौतारी अध्यक्षमा रसाइली

आइतबार, २१ चैत २०७२, १३ : ४९
आइतबार, २१ चैत २०७२

मुस्ताङ– प्रेस चौतारी मुस्ताङका अध्यक्षमा सुनदेवी रसाइली निर्वाचित भएका छन् ।

शनिबार सदरमुकाम जोमसोममा सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट सर्वसम्मत सात सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समितिका उपाध्यक्षमा सुन्दरकुमार थकाली, सचिवमा सम्झना थकाली, कोषाध्यक्षमा आइतलाल थकाली र सदस्यमा विकास विक रहेका छन् ।

त्यस्तै सदस्यमा चन्द्रा नेपाली र अमर धिताल रहेको चौतारी मुस्ताङले जनाएको छ । अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै नेकपा (एमाले) मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनले दुर्गम क्षेत्रका जनताको आवाज राष्ट्रियस्तरसम्म पु¥याउन पत्रकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप