सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस संसदीय दलको नेता नछाड्ने पौडेल पक्षको निर्णय

आइतबार, २१ चैत २०७२, १४ : ३१
आइतबार, २१ चैत २०७२

काठमाडौं– सभापतिको निर्वाचनमा शेरबहादुर देउवासँग पराजित भएका रामचन्द्र पौडेलले संसदीय दलको नेतामा पनि उम्मेद्वारी दिने भएका छन् । आइतबार बिहान पौडेलको अनामनगरस्थित सम्पर्क कार्यालयमा बसेको उनीपक्षीय नेताहरुको बैठकले पौडेललाई संसदीय दलको निर्वाचनमा उठाउने निर्णय गरेको हो । पौडेल पक्षीय एक नेताले संसदीय दलको निर्वाचनमा पौडेललाई उठाउन लागिएको जानकारी दिँदै भने, ‘पावर सेयरिङको आधारमा कांग्रेस चल्नुपर्छ । सोहि अनुसार उहाँ (पौडेल) लाई संसदीय दलको उम्मेद्वार बनाउने बैठकले निर्णय गरेको हो ।’ पौडेल पक्षको बैठकमा महामन्त्री शशांक कोइराला, केन्द्रिय सदस्य प्रकाशमान सिंह, शेखर कोइराला, दिलेन्द्र बडूलगायतको सहभागिता रहेको थियो ।

पौडेल पक्षले संसदीय दलको नेता आफूहरुले पाउनु पर्ने बताउँदै आएको छ तर सभापति देउवा पक्ष भने सो मान्न तयार छैन । दुबै पक्षको दाबीका कारण देउवा र पौडेलबीच फेरि संसदीय दलको नेतको लागि भीडन्त हुने देखिएको छ । निर्वाचन आगामी चैत २४ गते गर्ने तय गरिएको छ ।

यसैबीच संसदीय दलको निर्वाचनका लागि पौडेल समुहले गरेको माग अनुसार भएको विधान संशोधन पारित गराउनको लागि भोलि कांग्रेसको बैठक बस्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप