सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भ्यानुआतुका ६.९ रिक्टर स्केलको भूकम्प

आइतबार, २१ चैत २०७२, १६ : ४६
आइतबार, २१ चैत २०७२

सिड्नी-भ्यानुआतु द्वीपमा आइतबार ६.९ रिक्टर स्केलको भूकम्प गएको छ । तर सो भूकम्पपछि सुनामी चेतावनी भने हटाइएको छ ।

यस भूकम्पको केन्द्रविन्दु आसपासकै क्षेत्रको ३० किलोमिटर गहिराईमा १४.२ डिग्री उत्तरी आक्षांस र १६६.८ पूर्वी देशान्तरमा रहेको जानकारी दिएको छ । यस भूकम्पको विषयमा विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

सुरुमा यो भूकम्प ७.२ रिक्टर स्केलको भएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको थियो । सो संस्थाका अनुसार राजधानी सहर भिलाबाट ४०७ किलामिटर टाढा यसको केन्द्रविन्दु रहेको छ ।

यस भूकम्पबाट हालसम्म मानवीय र एवम् भौतिक सम्पत्ती क्षतिको भने कुनै पनि विवरण प्राप्त नभएको जनाइएको छ ।

भ्यानुआतुमा बारम्बार भूकम्पको प्रकोपले सताउने गरेको पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप