मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पर्यटनमा एकजुट भएर अगाडि बढ्न नाटोज- टूर्गान सहमत

मङ्गलबार, २३ चैत २०७२, ०८ : ३२
मङ्गलबार, २३ चैत २०७२

काठमाडौं– टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टूर्गान)ले नाटोजको नवनिर्वाचित केन्द्रिय कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । टूर्गान केन्द्रिय कार्यलय कमलादिमा भएको कार्यक्रमका बिच टुर्गान अध्यक्ष नगेन्द्र चन्दले नवनिर्वाचित नाटोज केन्द्रिय कार्यसमितिलाई बधाई ज्ञापन गरे । उक्त कार्यक्रममा टूर्गान अध्यक्ष नगेन्द्र चन्दले सुदुरपश्चिममा पर्यटनको प्रचुर संभावना रहेको र त्यहाँका पर्यटकीय गन्तब्यहरुलाई प्रचारप्रसारमा ल्याउन तथा पहिचान गर्नका लागि नाटोज र टूर्गान एक भएर अगाडि बढ्नुपर्ने बिचार ब्यक्त गरे । साथै उनले सुदुरपश्चिमको पर्यटकीय स्थल खप्तडको प्रचारप्रसारको लागि आगामि जेठमा नाटोज समिति र टुर्गानको कार्यसमितीले त्यस क्षेत्रको भ्रमण गरी त्यसको प्रचारप्रसारमा योगदान पु¥याउने बताए । साथै उक्त कार्यक्रममा नाटोजका केन्द्रिय अध्यक्ष शिव अधिकारीले नाटोज पर्यटन क्षेत्रको उत्थानका लागि नै स्थापना गरिएको हुनाले टुर्गानसँग सहकार्य गरी आफुहरु अघि बढ्न तयार रहेको बताए । नाटोज देशभरिकै पर्यटन पत्रकारहरुको आधिकारीक र ठुलो संस्था भएकाले अनर्गल प्रचारप्रसारका पछाडि नलाग्न समेत उनले पर्यटन ब्यावसायीलाई आग्रह गरे । उक्त कार्यक्रममा अध्यक्ष अधिकारीले लुम्बिीनी, बिराटनगर र चितवनमा पनि नाटोजको नयाँ च्याप्टर घोषणा गरीने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप