सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दुर्घटनामा प्रहरीको मृत्यु

मङ्गलबार, २३ चैत २०७२, ११ : २९
मङ्गलबार, २३ चैत २०७२

इनरुवा - पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको श्रीपुरजब्दी–६ कोसी कटान क्षेत्रमा सोमबार राति नम्बर नखुलेको सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा एक ट्राफिक प्रहरी जवानको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को५प ७७३० नंको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका ट्राफिक प्रहरी जवान पङ्कज यादवको मृत्यु भएको हो । सप्तरी, जोगिनिया गाविस–६ घर भएका यादवको जिम्मेवारी खटिँदा दुर्घटनामा परी ज्यान गएको हो । यादवको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप