मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपालको पर्यटन लय फर्किदैँ

मङ्गलबार, २३ चैत २०७२, १९ : २९
मङ्गलबार, २३ चैत २०७२

काठमाडौं– भूकम्प र नाकाबन्दीलगायतका कारणले थलिएको नेपालको पर्यटन उद्योग बिस्तारै पूर्ववत अवस्थामा फर्कन थालेको सरोकारवालाहरुले बताएका छन् । मंगलबार शिखरपोष्टको दोस्रो वार्षिकोत्वसको आवसरमा आयोजित लयमा फर्किदैँ गरेको ‘पर्यटन र अबको हाम्रो दायित्व’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अथिति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्र महत्वपूर्ण भूमिका रहेको भन्दै पर्यटन क्षेत्रलाई उकास्न तथा प्रचारप्रसार गर्नका लागि व्यवसायी, सरकार र पत्रकार एक भएर अघि बढ्नुपर्ने बताए । उनले पर्यटनका सम्पूर्ण धारहरुलाई स्थानीय स्तरमा पु¥याउन होमेष्टे कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । पञ्चवर्षीय योजनाअनुरुप पर्यटन क्षेत्रको लागि छुट्टै बजेटको व्यवस्था गर्ने तयारी भइरहेको जानकारी पनि उनले दिए ।

पूर्व पर्यटनमन्त्री तथा एमाओवादीका पर्यटन विभाग इन्चार्ज लोकेन्द्र बिष्ट मगरले पर्यटन विस्तारमा राजनैतिक दलहरु पनि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए । पर्यटन विकासका निम्ति सबैले आफ्नो लय पक्रिएको छ कि छैनन् भन्ने कुरा गम्भिर भएको उल्लेख गर्दै उनले नाकाबन्दी, भूकम्पलगायतका कारण क्षतविक्षत पर्यटन क्षेत्रलाई लयमा फर्काउन व्यवसायी, सरोकारवाला निकाय, राजनीतिक दल र सरकारले आआफ्नो ठाउँबाट योजना बनाएर छलफलमा ल्याउनुपर्ने बताए ।

नेकपा एमाले पर्यटन विभाग प्रमुख सुर्य थापाले पर्यटन क्षेत्रको विकाशका लागि आफूहरु निरन्तर लागिरहेको बताउँदै व्यवसायीहरुले सरकारको आलोचना गर्नुभन्दा आफूले आफ्नो तर्फबाट के गरियो भन्ने कुराको हेक्का राख्न सुझाए । पछिल्लो समय पर्यटन संस्थाहरु बिचमा एकले अर्काको अस्तित्व स्वीकार नगर्ने प्रबृत्ति बढेको प्रति आपत्ति जनाउदै उनले यसलाई एकढिक्का रुपमा पर्यटन प्रवद्र्धन र विकासमा लाग्नुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले सरकार र व्यवसायी मिलेर नेपालमा रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान तथा प्रचारप्रसारमा लाग्नुपर्ने बताए । आउँदो वैशाख १२ पर्यटन ब्यावसायी, नेपाल सरकार र नेपाल पर्यटन बोर्डको सहकार्यमा पर्यटकहरुलाई उपस्थित गराएर भव्य कार्यक्रम गर्ने तयारीमा आफुहरु जुटिरहेको उहाँले जानकारीसमेत दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप