सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बलात्कारको अभियोगमा एक किशोर पक्राउ

बुधबार, २४ चैत २०७२, १५ : ३८
बुधबार, २४ चैत २०७२

दाङ-बालिकालाई बलात्कार गरेको अभियोगमा दाङमा एकजना बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

मङ्गलबार दिउँसो घरमा टिभी हेर्न आएकी १३ वर्षीया बालिकालाई १५ वर्षीय ती किशोर बलात्कार गरेको जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय, लमहीका प्रहरी निरीक्षक प्रेमबहादुर खड्काले जानकारी दिए ।

बलात्कृत बालिकाले आमालाई घटना भनेपछि बालिकाको परिवारले प्रहरीमा किटानी जाहेरी दिएको थियो । उक्त जाहेरीका आधारमा प्रहरीले आरोपित किशोरलाई पक्राउ गरेको जानकारी दिएको छ ।

पीडित बालिकाको राप्ती उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको र घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप