सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्थानीय निकायका तीन सङ्घ एक हुँदै

बुधबार, २४ चैत २०७२, १६ : २१
बुधबार, २४ चैत २०७२

काठमाडौँ-स्थानीय निकायमा क्रियाशील पेसाकर्मीको पेसागत हक अधिकार सेवा सुरक्षालगायतको आधारभूत विषयवस्तुको सम्बोधनका लागि तीन सङ्घ एक हुने भएका छन् ।

एकीकृत तथा साङ्गठनिक रुपमा अगाडि बढ्नको लागि गाविस कर्मचारी सङ्घ, नेपाल नगरपालिका एसोसिएसन र कर्मचारी सङ्घ नेपाल एक हुने भएको संयुक्तरुपमा प्रेस विज्ञप्ति उल्लेख छ ।

यसरी फरक÷फरक सङ्घ एक हुँदा स्थानीय निकायको सेवा प्रवाहलाई व्यवस्थापन गर्न र समग्र कर्मचारीको विद्यमान पेसागत समस्यालाई समेत समाधान गर्न सकिने कर्मचारी सङ्घ नेपालका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए ।

एकीकरण प्रक्रियालाई मूर्तरुप दिनका लागि तीनवटै सङ्गठनका पदाधिकारी सम्मिलित २५ सदस्यीय कार्यदलसमेत गठन गरेको छ । एकताको महाधिवेशन गर्नको लागि केही समय लाग्ने भएको हुँदा स्थानीय निकाय कर्मचारी सङ्घको यही चैत २५ र २६ गतेका लागि निर्धारण गरेको चौँथो राष्ट्रिय महाधिवेशन समेत हाल स्थगित भएको पनि जारी विज्ञप्तिमा उल्लेख छ ।

एकीकरण घोषणासभा आगामी वैशाख १९ हुने पनि जानकारी गराइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप