सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बाँके जिल्लाको तीन गाविसमा भीषण आगलागी

शनिबार, २७ चैत २०७२, २३ : ३३
शनिबार, २७ चैत २०७२

नेपालगन्ज - बाँके जिल्लाको कालाफाँटा, होलिया र कुसुम गाविसमा आज दिउँसो भीषण आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, आगलागीबाट कालाफाँटामा ५०, होलियामा २० र कुसुममा तीन घर जलेर नष्ट भएका छन् । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीबाट आगो नियन्त्रणमा लिने प्रयास जारी राखे पनि यो समाचार तयार पार्दासम्म आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको छैन । नेपालगन्जबाट अहिलेसम्म पनि वारुणयन्त्र नपुगेका कारण थप घर जलेर नष्ट हुने सम्भावनासमेत बढ्दै गएको जनाइएको छ । आगलागीबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी गराए । राप्तीपारिको काँलाफाटा र होलिया गाविसमा नेपालगन्जबाट वारुणयन्त्र जान अत्यन्त जीर्ण कच्ची बाटोका कारण कठिनाइ हुने कुरालाई दृष्टिगत सीमावर्ती भारतीय प्रशासन पदाधिकारीसँग अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप