सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आइपीएलको पहिलो खेलमा नयाँ टोली पुणे विजयी

आइतबार, २८ चैत २०७२, ०० : ०६
आइतबार, २८ चैत २०७२

मुम्बई — आइपीएलको सिजन ९ को पहिलो खेलमा नयाँ टोली राइजिङ पुणे सुपरजाइन्ट विजयी बनेको छ । मुम्बाई इन्डियन्सलाई ९ विकेटले पराजित गर्दै पुणले प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

पहिलो ब्याटिङ गर्दै मुम्बाईले प्रस्तुत गरेको १ सय २२ रनको लक्ष्य पुणले मात्र एक विकेटको क्षतिमा ३२ बल बाँकी छँदै पछ्याएको थियो । पुणेलाई जित दिलाउन म्यान अफ द म्याच घोषित अजिंका रहाणेले ६६ रन बनाए । यसक्रममा उनले ७ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै फाप डुप्लेसिसले ३४ तथा केभिन पिटरसनले २१ रन बनाए । मुम्बाईका लागि एक मात्र विकेट हरभजन सिंहले लिए । यसअघि सिंहले नै ४५ रन बनाउँदै मुम्बाईलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए । ५१ रनमा ६ विकेट गुमाएको मुम्बाईका लागि सिंहले नटआउट रहँदै ३० बलमा ७ चौका र एक छक्का प्रहार गर्दै सो रन बनाए । त्यस्तै अम्बति रायडुले २२ तथा विनय कुमारले १२ रनको योगदान दिए पनि अन्य ब्याटसम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । निर्धारित २० ओभरमा मुम्बाईले ८ विकेट गुमाउँदै १ सय २१ रन बनायो । पुणेका लागि मिचेल मार्स र इसान्त शर्माले २—२ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप