बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देही सोसियल नेटवर्कको “नयाँ बर्ष साँगितीक साँझ २०७३ ” सम्पन्न

बुधबार, ०१ वैशाख २०७३, ०७ : ०१
बुधबार, ०१ वैशाख २०७३

सिड्नी , अस्ट्रेलियामा हरेक हप्ताजस्तो साङगेतिक कार्यक्रम हुने गर्छन् । यसैबिच नयाँँ वर्ष २०७३ को अवसरमा विभिन्न सांगीतिक कार्यक्रमको आयोजना भईरहेका छन ।

यसै सन्दर्भमा नेपालको रुपन्देहीबाट अष्ट्रेलिया आई बसोबास गर्ने नेपालीहरुको संस्था रुपन्देही सोसियल नेटवर्कले अप्रिल ९ तारिखका दिन नयाँ वर्ष म्युजिकल नाईट २०७३ सम्पन्न गरेको छ । सिड्नीको क्याम्प्सीमा स्थित द ओरिओन रिसेप्सन सेन्टरमा शनिबार साँझ ६स्३० बजे बाट करीब राती ११ बजेसम्म चलेको थियो । यस कार्यक्रमका लागि नेपाल बाट कलाकारहरु यम बराल, सनुप पौडेल, आकांक्षा बस्याल र सिड्नीबाट सुजाता मानन्धर उपाध्यायले आफ्ना प्रस्तुति दिएका थिए ।

गायक बरालले आफ्नो प्रस्तुतिका क्रममा “बादलुको घुम्टोले ईलाम बजार छोपिँदा मैले सबलाई बिर्सेछु तिमीलाई सम्झीँदा” “निष्ठुरिले छोडेर गईहाली” लगायात ९ वटा गितहरु प्रस्तुत गरेका थिए । बरालको प्रस्तुतिमा दर्शकहरु उत्साहित धेरै हुँदै निकै रमाइरहेका देखिन्थे । यसैगरि गायक सनुप पौडेलले “सम्झना आईदिन्छ आँखा रसाई दिन्छ” “दैव हे” लगायत छ वटा गीत प्रस्तुत गरेका थिए ।

गायीका आकाँक्षा बस्याले “तिमी छौ र त माया छ” र लगायत तिनवटा र सिड्नीमा बस्दै आएकी गायीका सुजाता उपाध्याय मानन्धरले “तिम्रो मैन ईसारा “जस्ता गितहरुबाट जोडदार साँगितीक प्रस्तुती दिएका थिए। कार्यक्रममा रुपन्देही सामाजीक सञ्जाल अष्ट्रेलियाकी सदस्य सृजना खड्काले आकर्षक नृत्य प्रस्तुत गरेकि थिईन । शब्दमाला नेपलिज ल्याङ्गोईज स्कुलका कलाकार भाईबहिनीहरुले नेपाली र अष्ट्रेलियन राष्ट्र गान साथ साथै आकर्षक नृत्य पनि प्रस्तुत गरेका थिए।-सीता रसाइली

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप