सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रियादस्थित नेपाली दूतावासका राजदूत शर्मामाथि आक्रमण

बिहीबार, ०२ वैशाख २०७३, १९ : १८
बिहीबार, ०२ वैशाख २०७३

काठमाडौँ- साउदी अरबको रियादस्थित नेपाली दूतावासका कावा राजदूत आनन्दप्रसाद शर्मामाथि आज आक्रमण भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार दूतावासमा शरण लिइरहेका एक नेपाली युवकले नै शर्मामाथि आक्रमण गरेका हुन् । घाइते शर्माको साउदी अरब किङ पैmसाल अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । आक्रमणकारीलाई साउदी प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अगाडि बढाएको छ । आक्रमणबाट घाइते हुनुभएका शर्माको स्वास्थ्य अवस्था खतरामुक्त छ । मन्त्रालयले कूटनीतिक पदाधिकारीमाथि भएको आक्रमणको भत्र्सना गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप